Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • विश्वमा सात हजार भाषा, हरेक महिना एउटा भाषा लोपन्मुख अवस्थामा


    मंगलबार, पुष ६ २०७८
    600
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • एजेन्सी । हामीले बोल्ने भाषा शब्द र आवाजहरुको एउटा संग्रह मात्र होइन् । भाषाले संसारलाई नै आफ्नै ढंगले अद्दितीय संसार र संस्कृतिको प्रतिनिधित्व गर्छ । शब्द र आवाज शताब्दीऔं देखिको मानिसको अनुभव, चिन्तन, भावना हो । तसर्थ, भाषा हराएमा मानवताको ढोका पनि बन्द हुन्छ । 

    नेचर इकोलोजी एन्ड इभोलुसनमा प्रकाशित एक अध्ययन अनुसार यसै शताब्दिको अन्त्यसम्ममा १५० भन्दा बढी भाषाको लोप हुनेछ । विभिन्न तत्वहरुले भाषालाई लोपन्मुख अवस्थामा पु¥याएको अध्ययनमा दर्शाइएको छ । 

    अहिले विश्वभर ६ हजार पाँच सयदेखि सात हजार भाषा बोलिन्छ । अस्ट्रेलियाको नेसनल युनिभर्सिटी (एएनआइ) ले गरेका सोे अध्ययनमा विश्वका आधा भन्दा बढी भाषा ठूलो जोखिममा छन् । 

    अध्ययनका सहलेखक फेलिसिटी मिकिन्सका अनुसार आगामी ४० वर्षमा विश्वमा भाषाको संख्या तीन गुणाले लोप हुनेछ । यसको अर्थ हरेक महिना एउटा भाषा लोप हुनेछ । अध्ययनअनुसार समुदायिक तहको अभिलेख र द्विभाषी शिक्षामा तत्काल लगानी गर्न आवश्यक छ । 

    आप्रवासी, वित्तिय समस्या, राजनीतिलगायतका विषयले भाषामाथि अतिक्रमण गरेका छन् । औपनिवेशिक मानसिकताका कारण अस्ट्रेलियाको आदिवासीको भाषा लोपन्मुख अवस्थामा पुगेको अनुसन्धानकर्ताहरुले बताएका छन् ।

    आफ्नो मातृभाषा प्रयोग गरेका कारण आदिवासीलाई विभिन्न सजाय दिइएको उनीहरुको भनाई छ । यस्तो अवस्थामा बालबालिकाले मातृभाषा विर्सन थालेको अनुसन्धानकर्ताहरु बताउँछन् ।
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार