Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • चापागाउँमा टेको लगाइएको पुल भाँच्चियाे, टिपर चालककाे मृत्यु


    मंगलबार, पुष ६ २०७८
    575
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • ललितपुर । ललितपुरको  चापागाउँ छम्पी जोड्ने फलामे पुल भाँच्चिदा एक गाडी चालकको मृत्यु भएको छ ।

    लामो समयदेखि टेको लगाएर राखिएको पुल सोमबार राति भाँच्चिदा एक टिपर चालकको मृत्यु भएको हो ।

    पुल भाँच्चिएर गाडीमा ठोक्किदा ना ८ ख ८१९१ नम्बरको टिपर चालक गोदावरी ७ बुरुञ्चुलीका अजय मार्फाकाे ज्यान गएकाे महानगरीय प्रहरी वृत्त चापागाउँका सई पुरुषोत्तम आचार्यले जानकारी दिए । टिपर नख्खुबाट टिकाभैरवतर्फ जाँदै थियाे ।

    घाइते भएका मार्फालाई उपचारका लागि मेडिसिटी अस्पताल लगिगएकामा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार