Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कोभिडविरुद्ध लड्न नेपाली सेनालाई ब्रिटिस गोर्खा सैनिककाे सहायता


    मंगलबार, पुष ६ २०७८
    585
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । बेलायत सैनिकले नेपाली सैनिकलाई काेभिड-१९ महामारीविरुद्ध लड्न सहायता प्रदान गरेको छ ।

    कोभिड-१९ महामारीविरुद्ध ब्रिटिस गोर्खा सैनिकले नेपाली सैनिकलाई शैय्या र पीसीआर परीक्षणका उपकरण प्रदान गरेको हो ।

    कोभिड उपचारमा सजिलो हुने २५ वटा शैय्या र पीसीआर उपकरणका किट्स र मेसिन प्रयोग गरिएको काठमाडौंस्थित बेलायती दूतावासले जनाएको छ।

    ब्रिटिस गोर्खाका कमान्डर पौल स्मिथले सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सैनिक अधिकारीलाई सहायता सामग्री हस्तान्तरण गरेका थिए ।

    यो सैनिक सहायताले नेपाल र बेलायतबीच द्विपक्षीय सम्बन्ध थप बलियो हुने विश्वास बेलायती दूतावासले लिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार