काठमाडौं । कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत महिला खुला केन्द्रीय सदस्यमा राष्ट्रिय सभामा कांग्रेसकी सचेतक समेत रहेकी सांसद अनिता देवकोटा पराजित भएकी छन् ।
सोमबार राति सकिएको मतगणना अनुसार उनी खुला केन्द्रीय सदस्यमा पराजित भएकी हुन् । उनले १० औं स्थानको मत पाएकी थिइन् । महिला खुला केन्द्रीय सदस्यमा ९ जना विजयी हुने विधानमा व्यवस्था छ ।
९ औं नम्बरमा अटाएकी रंगमती शाहीले १७८९ मत पाएकी थिइन् । महिला खुला केन्द्रीय सदस्यमा ९ पदका लागि ३० जना चुनावी मैदानमा थिए ।
महिला खुला केन्द्रीय सदस्यमा सभापति शेरबहादुर देउवा पक्षले वर्चश्व कायम गरेको छ । खुला केन्द्रीय सदस्य ९ जना मध्ये एक जना मात्र शेखर कोइराला पक्षले जितेको छ । बाँकी ८ वटा पदमा देउवा पक्षले जितेको छ ।
महिलातर्फ खुला केन्द्रीय सदस्यमा डिला संग्रौलाले सबैभन्दा धेरै मत पाएकी छन् । उनले दुई हजार ८८५ मत पाएकी हुन् ।
दोस्रो स्थानमा पुष्पा भुसाल रहेकी छन् । भुसालले दुई हजार ७१८ मत पाइन् । प्रधानमन्त्रीसमेत रहेकी सभापति शेरबहादुर देउवा पत्नी आरजु राणाले दुई हजार ५३६ मत पाउँदा चौथो बनेकी अम्बिका बस्नेतले दुई हजार ३३९, इश्वरी न्यौपानेले दुई हजार २५९, सरिता प्रसाईंले दुई हजार ९६, रमा कोइराला पौडेलले एक हजार ८५८, सुशीला ढकाल आचार्यले एक हजार ८०४ र रंगमती शाहीले एक हजार ७८९ मतसहित विजयी भएका छन् ।
निर्वाचितमध्ये प्रसाईंबाहेक सबै शेरबहादुर देउवा प्यानलका हुन् । न्युज कारखाना
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend