Nepal Face
  • मंगलबार, ११ कार्तिक २०८३
  • भारतबाट आएर होम क्वारेन्टिनमा बसेका एकको मृत्यु


    शुक्रबार, असार ५ २०७७
    945
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • गुल्मी । होम क्वारेन्टिनमा बसेका एक ब्यक्तिको मृत्यु भएको छ । भारतबाट आएर होम क्वारेन्टिनमा बसेका गुल्मी छत्रकोट गाउँपालिका–५ मैनडाँडाका ६९ बर्षीय पुरुषको मृत्यु भएको हो । उनको मृत्यु भएको पुष्टी गुल्मीको प्रहरी कार्यालयले पुष्टी गरेको छ ।

    उनी गएको जेठ २५ गते भारतबाट आएर होम क्वारेन्टिनमा बस्दै आएका थिए । प्यारालाइसिसका बिरामी उनी भारतमा उपचार गरेर फर्किएका थिए । बिहीबार आरडीटी परीक्षण गर्दा उनमा एन्टिबडी पोजेटिभ रिपोर्ट आएको गाउँपालिकाका स्वास्थ्य संयोजक पुण्य पौडेलले जानकारी दिए । उनलाई भारतबाट नेपाल लिएर आएका अर्का एक जनाको आरडीटी रिपोर्ट भने नेगेटिभ आएको थियो ।

    मृतकमा कोरोना संक्रमण थियो कि थिएन भनेर स्वाब परीक्षण गर्न प्रादेशिक प्रयोगशाला रुपन्देहीमा पठाइएको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यले जानकारी दिएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार