Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • गण्डकी प्रदेशमा एकैदिन ५६ जनामा देखियो कोरोना संक्रमण


    शुक्रबार, असार ५ २०७७
    790
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • पोखरा । कोरोना संक्रमितको संख्या डढेलोसरी फैलिइरहेको छ । गण्डकी प्रदेशमा आज बिहान २४ जना कोरोना संक्रमित देखिएका थिए । गण्डकीमा दिउँसो फेरि थप ३२ जना कोरोना संक्रमित थपिएका छन् । संक्रमितहरुमा बागलुङका १०, तनहुँका १७ र पर्वतका पाँचजना छन् । कोरोना संक्रमण पुष्टि हुनेहरुमा बागलुङ नगरपालिकाका ५ जना पुरूष, ढोरपाटन नगरपालिकाका ४ जना पुरूष र बागलुङकै एक महिला छन् ।

    तनहुँको घिरिङ नगरपालिकामा मात्र १४ जना पुरूष र ३ जना महिलामा कोरोना संक्रमण देखिएको छ । पर्वतको कुश्मा नगरपालिकामा ३ जना पुरूष र २ महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । महिला स्वास्थ्यकर्मी रहेको समाचार छ ।

    संक्रमित सबैलाई जिल्लाको आइसोलेसनमा लैजाने तयारी भइरहेको प्रदेश स्वास्थ्य कार्यालयले जनाएको छ । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ सय ८० पुगेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार