काठमाडौँ । विप्लव नेतृत्व नेकपाका तीन कार्यकर्ता पक्राउ परेका छन्।
तुलसीपुर उपमहानगरपालिका वडा नं. १७ निवासी मदन केसी, तुलसीपुर १८ विजौरीका दिनेश वली र जीवन वलीलाई प्रहरीले पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय घोराहीबाट खटिएका साधा पोशाकका प्रहरीले उक्त समूहका जिल्ला कमिटी केसीलाई तुलसीपुर ६ बाट बिहीबार बेलुका पौने ६ बजे र वलीद्वयलाई बिहीबार दिउँसो बिजौरीबाट नियन्त्रणमा लिइएको एक प्रहरी अधिकारीले बताए।
पछिल्लो समय दाङमा सडक निर्माण र बालुवा गिट्टी उत्खनन् कार्यमा प्रयोग भएका ६ वटा स्काभेटर, जेसिबी लगायतमा आगजनी भएको थियो।
तुलसीपुरका ग्वारखोलामा एउटा र राप्ती नदीमा राखिएका ६ वटा त्यस्ता मेसिनमा आगजनी भएपछि प्रहरीले विप्लवका कार्यकर्ता खोज्न सक्रिय बन्न थालेको छ।
त्यस्तै, गोप्य रूपमा सरकार विरोधी गतिविधि सञ्चालन जारी राखेको, चन्दा आतंक कायमै राखेको जस्ता कार्य नियन्त्रण गर्न विप्लवका नेता(कार्यकर्ताको खोजी तीव्र पारिएको एक प्रहरी अधिकारीले जानकारी दिए।
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend