Nepal Face
  • सोमबार, १ मंसिर २०८३
  • एसी मिलानलाई पराजित गर्दै नापोली शीर्ष दुईमा 


    सोमबार, पुष ५ २०७८
    1.5K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । इटालीयन सिरि ए फुटबलमा एसि मिलानलाई पराजित गर्दै नापोली शीर्ष दुईमा उक्लिएको छ । 

    आइतबार राति घरेलु मैदान सान सिरोमा मिलन नापोलीसँग १-० अन्तरले पराजित भएको हो । नापोलीको जितमा पाँचौ मिनेटमा इलिफ इल्मासले निर्णायक गोल गरे । 

    बाँकी समय दुबै टोलीले गोलका केहि अवसर शृजना गरेपनि सदूपयोग गर्न सकेनन् ।  जितसँगै नापोली लिगको दोस्रो स्थानमा उक्लिएको छ । 

    एसी मिलानसँग ३९ अंकको बराबरी भएपनि हेट टु हेडमा अघि रहेको हो । दुवै टिम शीर्ष स्थानको इन्टर मिलानभन्दा चार अंकले पछि छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार