Nepal Face
  • सोमबार, १ मंसिर २०८३
  • २० उपसचिव सहसचिव बढुवा सिफारिस


    सोमबार, पुष ५ २०७८
    980
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । २० जना उपसचिवहरु सहसचिवमा बढुवा सिफारिसमा परेका छन्। 

    बढुवा समितिको सचिवालयका अनुसार प्रशासन सेवाका १८ र लेखापरीक्षण सेवाका २ जना उपसचिवहरु बढुवा सिफारिसमा परेका हुन् ।

    सिफारिसमा पर्नेहरुमा प्रशासन सेवाका दीपक घिमिरे, नारायणप्रसाद सापकोटा, बलराम निरौला, वेदप्रसाद खरेल, रुद्रप्रसाद पण्डित, मदन कोइराला, कोमलप्रसाद धमला, दिवस आचार्य, ईश्वरकुमार गिरी छन् ।

    यस्तै, श्रवणकुमार पोखरेल, रामबहादुर कुरुम्बाङ, गोपाल कुमार अधिकारी, टुवराज पोख्रेल, बासुदेव घिमिरे, उद्धवप्रसाद रिजाल, युवराज कट्टेल, ध्रुवराज पण्डित, दीपक लामिछाने पनि बढुवाको सिफारिसमा परेका छन् ।

    यसैगरी, लेखा परीक्षण सेवाबाट पदमप्रसाद आचार्य र शम्भुकुमार श्रेष्ठलाई बढुवा गर्न बढुवा समितिको सचिवालयले सिफारिस गरेको  छ। 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार