Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • हार्डवेयर चोरी गरेको आरोपमा एक जना पक्राउ


    शुक्रबार, असार ५ २०७७
    760
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काभ्रे । बनेपाको एक हार्डवेयर पसलबाट चोरी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पसलबाट चोरी गरी ९ लाख लुटेको अभियोगमा इलाका प्रहरी कार्यालय बनेपाले चितवन रत्ननगरका प्रकाशजंग कुँबरलाई नवलपरासीको सुनवलबाट पक्राउ गरेको हो।

    प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सिनाका अनुसार  कुँबरलाई सुनवलबाट पक्राउ गरि काठमाडौं ल्याइएको हो।

    कुँबरले गत जेठ २८ गते बनेपाको तेन्डेल हार्डवेयरबाट ९ लाख ४ हजार चोरी गरेको उनले बताए।

     

    प्रहरीका अनुसार रकम चोरेर उनी सुनवलमा रहेको साढुभाइको घरमा गइ लुकेर बसेका थिए। पक्राउ परेका कुँबरमाथि थप अनुसन्धान गर्न जिल्ला अदालत काभ्रेले १० दिनको म्याद थप दिएको छ।

    लकलाउनका बेला चोरी नियन्त्रण गर्न बनेपा प्रहरीले रातको समयमा पनि गस्ती गर्दै आएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार