Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कस्ताे छ आजकाे माैसम ?


    सोमबार, पुष ५ २०७८
    1.6K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । हाल देशमा उल्लेखनीय प्रणालीको प्रभाव रहेको छैन । माैसम पूर्वानुमान महाशाखाका अनुसार बिहान पहाडी भूभागमा आंशिक बदली छ ।

    दिउँसो बागमती, गण्डकी, लुम्बिनी र कर्णाली  प्रदेशमा आंशिक बदली रहनेछ । 

    मंगलबार प्रदेश १, बागमती, गण्डकी, कर्णाली  प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने आँकलन गरिएकाे छ । उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको पनि सम्भावना  छ ।

    राति प्रदेश १ तथा बागमतीका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार