Nepal Face
  • सोमबार, १ मंसिर २०८३
  • दुई समूहबीच छुरा हानाहान हुँदा एक युवकको मृत्यु


    आइतबार, पुष ४ २०७८
    790
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सिरहा । सिरहाको गोलबजार नगरपालिका– ६ मा दुई समूहबीच ​ भएको छुरा हानाहानमा एक युवकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

    छुरा प्रहारबाट घाइते भएका गोलबजार नगरपालिका– ६ डोहटियाका २६ वर्षीय रामकुमार सदालाई उपचारका लागि धनगढीमाई नगरपालिका– ९ मा रहेको आरके मेरिसीटी अस्पताल पुर्याए लगत्तै उनको मृत्यु भएको अस्पतालले जनाएको छ । 

    घाइते सोही ठाउँका १९ वर्षीय निकेश सदाको आरके मेरिसीटी अस्पतालमा उपचार भईरहेको छ । प्रहरीले दुई समूहबीच ​ झडप भएको र घाइते भएको जनाए पनि घटनाबारे थप अनुसन्धान भइरहेको छ । प्रहरीले घटनामा संलग्नहरुको खोजी गरिरहेको जनाएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार