Nepal Face
  • आइतबार, १० साउन २०८३
  • हेर्नुहोस् आज पौष ४ गते आइतवारको राशिफल


    आइतबार, पुष ४ २०७८
    850
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं । यस्तो छ  आज मिति २०७८ साल पुस ४ गते आइतवारको राशिफल

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

    प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेको छ । कूटनीतिक नियोगको सहयोग मिल्ला । पुनर्मिलनको योग पनि रहेको छ । 

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) 
    आज आफन्तको प्रगतिमा मन रमाउनेछ । विचार, विद्या र बुद्धिको विकास हुनेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) 
    शुभकार्यको चर्चा चल्नेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । कलकारखाना र बन्दव्यापारमा फाइदा हुनेछ । सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 
    आज दबाब र तनाव बढेको महसुस हुनेछ । प्रेमी प्रेमिकाका बिच खिन्नता बढ्नसक्छ । मनमा निराशा र शरीरमा आलस्यता छाउला ।

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) 
    एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ । साँझपख शुभ समाचार आउन सक्छ ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) 
    नयाँनयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । मान प्रतिष्ठामा वृद्धि होला । धर्मकर्ममा मन पनि लाग्नेछ ।

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) 
    आज आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । विद्याको विकास हुनेछ । सामाजिक, राजनैतिक तथा न्यायिक कार्यमा सफलता मिल्नेछ ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) 
    गरेका कार्यमा ढिलासुस्ती हुनेछ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । प्रेमप्रसङ्गमा समेत नरमाइलोपन आउनसक्छ ।

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) 
    आज आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ । महिला वा मित्रबाट विशेष सहयोग पनि मिल्नेछ ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) 
    महिलाहरूबाट विशेष सहयोग मिल्नेछ । नयाँ सामान हात पर्ने र शिक्षामा सफलता मिल्नेछ । आर्थिक कारोबारमा सफलता पाइएला ।

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) 
    कला र गलाको प्रभाव बढ्नेछ । सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ । विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) 
    इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् । छोटो दुरीको लाभदायक यात्रा हुनेछ । मित्र वा आफन्तको सहयोग मिल्नेछ । तीर्थाटनको योग पनि छ ।

    – ज्यो.प. नारायणप्रसाद दुलाल

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार