Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कोरोनाको ग्राफः साउनको अन्त्यमा उच्च ,फागुनमा अन्त्य


    बिहिबार, असार ४ २०७७
    1.8K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं, ४ असार। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कोरोना भाइरसको ग्राफ तयार पारेका छन् । उनले कोरोना भाइरसको ग्राफ बनाउँदै संक्रमण साउन अन्त्यतिर पिक (उच्च विन्दु)मा पुग्ने विश्लेषण गरेका छन् ।

    त्यसपछि विस्तारै कोरोना संक्रमणको ग्राफ ओरालो लाग्ने भन्दै उनले भने, ‘दशैं तिहार र छठ जस्ता चाडहरु आउँदैछन् । यो चाड सधैँ रमाइलो हुन्थ्यो । यसपटक फेरि संक्रमण बढाउँछ भन्ने अवस्था छ । यदि यसले हाम्रो ग्राफ बढाइदियो भने उधो झर्दै गरेको ग्राफ मंसिरमा फेरि अलिकति मास्तिर जान सक्छ ।’

    मंसिर अन्त्यबाट ओरालो लाग्ने भन्दै उनले भने, ‘फागुनको महिना सम्भवत नियन्त्रणको महिना हुन्छ ।’ तर संक्रमितहरुलाई सहज रुपमा आउन दिन नहुने र बाहिरबाट आउनेहरुलाई क्वारेन्टिनमा राख्नुपर्ने उनले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार