काठमाडौं, ४ असार । बैतडीमा आज बिहीबार थप २५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
बिहीबार २५ जना थप कोरोना पुष्टि हुनेमा दशरथ चन्द नगरपालिकामा १० जना, सिगास गाउँपालिकामा ६ जना, पञ्चेश्वर गाउँपालिकामा ४ जना, सुर्नया गाउँपालिकामा ३ जना र पाटन नगरपालिकामा २ जना गरी बिहीबार एकै दिन २५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
कोरोना पुष्टि हुने सबै भारतका विभिन्न सहरबाट आएका हुन् । पुष्टि हुने अधिकांश सङ्क्रमित १४ दिन क्वारेन्टाएन बसेर घर गइसकेका छन् । घर गएपछि कोरोना पुष्टि भएको तर, लक्षण नदेखिएको खण्डमा होम आइसोलेसनमा बसाल्न स्थानीय तहलाई आग्रह गरिएको स्वास्थ्य कार्यालय, बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताउनुभयो ।