Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • दिल्लीका स्वास्थ्यमन्त्रीमा कोरोना संक्रमण पुष्टि


    बिहिबार, असार ४ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडैाँ, ४ असार । दिल्लीका स्वास्थ्यमन्त्री सत्येंद्र कुमार जैनले आफूमा कोरोना भाइरस संक्रमण भएको बताएका छन् ।

    बुधबार उनले ट्वीटरमार्फत् कोरोना भाइरस परीक्षणमा आफूलाई कोरोना संक्रमण भएको उल्लेख गरेका हुन् ।

    उनमा संक्रमण देखिएपछि मंगलबार परीक्षण गराएका थिए। जसमा रिपोर्ट नेगेटिभ आएको थियो।

     

    त्यसपछि पनि लक्षण मिलेपछि चिकित्सकहरूले पुनः परीक्षण गराउन आग्रह गरेका थिए। जसमा संक्रमण पुष्टि भएको हो।

    गत हप्ता ज्वरो आएपछि दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले पनि परीक्षण गराएका थिए। तर उनको रिपोर्ट भने नेगेटिभ आएको थियो।

     

    गत आइतबार गृहमन्त्री अमित शाह, केन्द्रीय स्वास्थ्यमन्त्री डा। हर्ष वर्धन, मुख्यमन्त्री केजरीवाल र उपमसुख्यमन्त्री मनिष सिसोदियाबीच भएको छलफलमा जैन पनि सहभागी भएका थिए।

    मन्त्री जैनलाई गत सोमबार राति नै ज्वरो आएपछि दिल्लीको राजिव गान्धी सुपर स्पेसियालिटी अस्पतालमा भर्ना गरिएको थियो। उनमा स्वासप्रस्वासको समस्या देखिएको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार