Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कोरोना भाइरस संक्रमणबाट एकको मृत्यु


    बुधबार, असार ३ २०७७
    715
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • बाँके । कोरोना भाइरस संक्रमणकाबाट नेपालमा थप एकजनाको मृत्यु भएको छ ।
    बाँकेको बैजनाथ गाउँपालिका–६ की ४६ वर्षीया महिलाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको हो । बैजनाथ–६ का वडाध्यक्ष भद्रबहादुर बस्नेतका अनुसार दीर्घरोगी ती महिलाको सोमबार राति कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा मृत्यु भएको हो ।

    मृत्यु हुनुभन्दा करिब २ घण्टाअघि लिइएको स्वाब परीक्षणको रिपोर्ट मंगलबार बेलुका पोजिटिभ आएको उनले बताए । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २० पुगेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार