काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनका लागि प्रतिनिधि चयन प्रक्रिया जारी छ । अहिलेसम्म २५ जिल्लामा सभापति निर्वाचित भइसकेका छन् । जसमा संस्थापन सभापति शेरबहादुर देउवा र इतर समूह रामचन्द्र पौडेल पक्षको हैसियत बराबरी देखिएको छ ।
यसपटकको कांग्रेस महाधिवेशनमा चर्चित नेताहरू प्रतिनिधि छनोटमै पराजित भएका छन् । जसमा मन्त्री, सांसद, केन्द्रीय सदस्य, पूर्वसांसद, जिल्ला सभापति, उपसभापति, नेविसंघका वतर्मान र पूर्वपदाधिकारीसमेत छन् ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेल महाधिवेशन प्रतिनिधिमै पराजित भए । जबकि कांग्रेसको क्रियाशील सदस्यता वितरणदेखि कार्यालयका सबै काममा उनकै हात रहन्छ ।
कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य किरणराज पौडेल र बागलुङ जिल्ला सभापति दिपेन्द्रबहादुर थापा महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् ।बागलुङको क्षेत्र नम्बर १ बाट पौडेल र थापा खुला महाधिवेशन प्रतिनिधिमा पराजित भएका हुन् । दुवै संस्थापन समूहका हुन् ।
नेपाली कांग्रेस कञ्चनपुरका पार्टी सभापति हरि बोहरा महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् । बोहरा कञ्चनपुरको निर्वाचन क्षेत्र नं २ बाट महाधिवेशन प्रतिनिधिका लागि खुलातर्फ उम्मेदवार थिए । यस्तै, पूर्वसांसद बलदेव बोहरा पनि महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् ।
यस्तै, चितवनका कांग्रेस नेता एवं पूर्वमन्त्री शेषनाथ अधिकारी पनि महाधिवेशन प्रतिनिधिमै पराजित भएका छन् । उनी देउवा समूहका नेताका रूपमा परिचित छन् ।
सुर्खेत कांग्रेसका सभापति महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् । प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ को अधिवेशनमा सभापति कमलराज रेग्मी केन्द्रीय महाधिवेशन प्रतिनिधिमा पराजित भएका हुन् । त्यस्तै, पूर्वमन्त्रीसमेत रहेका शिवराज जोशी पराजित भएका छन् ।
यस्तै, नेविसंघका बहालवाला र पूर्वमहामन्त्रीसमेत पराजित भएका छन् । नेविसंघकी महामन्त्री महेश्वरी कुँवर, पूर्वमहामन्त्री सरोज थापा महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् । यस्तै, नेविसंघका पूर्वमहामन्त्री बलदेव तिमल्सिना वडा कमिटीमै हारेका छन् ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend