जनकपुरधाम । नेकपा (एकीकृत समाजवादी) पार्टीमा प्रवेशको लहर नै चलेको छ । आजमात्रै प्रभावशाली वामनेता रामचन्द्र झा नेकपा समाजवादीमा प्रवेश गरेका छन् ।
जनकपुरको विदेह नगरपालिकाको तीनकोरिया चोकमा आयोजित कार्यक्रममा झको नेतृत्वमा विभिन्न दल परित्याग गरी ४ सय जना नेकपा समाजवादीमा प्रवेश गरेका छन् । झालाई नेकपा समाजवादीका अध्यक्ष माधव नेपालले टीका लगाएर स्वागत गरेका थिए । पंचायतकालमा भूमिगत भएर राजनीति गर्दा सेल्टर लिएको विदेश नगरपालिकामै अध्यक्ष नेपालले झालाई पार्टी प्रवेश गराएका छन् । झा यसअघि नेकपा माओवादी केन्द्रमा थिए । माओवादी भन्दा अघि उनी एमालेमै थिए । एमालेबाट उनी स्थानीय विकास मन्त्री समेत भएका थिए ।
पार्टी प्रवेश कार्यक्रममा नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सर्वोच्च अदालतको विवाद समाधानका लागि प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल भएको बताएका छन् । न्यायपालिकाको समस्यालाई छिटोभन्दा छिटो समाधान गर्न आवश्यक रहेको उनको भनाइ थियो ।
जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले न्यायालयको विवाद चाँडो समाधान नहुँदा बाहिर नकारात्मक सन्देश गएको बताए । वार्ता र संवादकै माध्यमबाट न्यायपालिकाको विवाद समाधान हुने उनको भनाइ थियो ।
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा छठ पर्व मनाउन सर्लाही जाने भएका छन् । उनी छठ पर्वमा गत निर्वाचनमा प्रतिस्पर्धा गरेको क्षेत्र सर्लाही–४ जाने...
ललितपुर। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशको मौलिक पहिचानसँग जोडिएको नेपाल संवत्ले देशमा आपसी एकता,सद्भाव र समृद्धिको भावना थप बलियो बनाउने विश्वास व्यक्त गरेका...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले हाम्रा मौलिक चाडपर्वहरूले रिसराग सबै भुलेर हामीबीचको सामाजिक एकता र सहिष्णुताको भावनालाई सधैँ बलियो बनाउन प्रेरित गर्ने बताएका छन्...
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले सरकारी स्टलहरूमा प्रतिबन्धित प्लास्टिकका झोला प्रयोग भएको पाइएको बताएका छन् । थापाथलीस्थित खाद्य संस्थान परिसरमा आयोजना गरिएको तिहार विशेष रैथाने...
काठमाडौँ। नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। सोमबार बिहान १०:५५ बजे बा.९९प.८२०२ नम्बरको मोटरसाइकल नुवाकोटको विदुर नगरपालिका–९, खड्कथोकमा दुर्घटना हुँदा तीन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend