Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमाले अधिवेशन: तेह्रथुमका ६ वटै पालिकामा सर्वसम्मत नेतृत्व चयन


    मंगलबार, मंसिर ७ २०७८
    2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • तेह्रथुम । एमाले तेह्रथुमले नयाँ नेतृत्व चयन गर्दै पलिका अधिवेशन  सम्पन्न गरेको छ ।

    म्याङलुङ नगरपालिकामा गोविन्दबहादुर सोदेम्बा, फेदाप गाउँपालिकामा राम तिम्सिना, आठराईमा प्रेमराज पौडेल, मेन्छ्यायेम यादबबहादुर खापुङ, लालिगुराँस नगरपालिकामा गणेश सेने र छथर गाउँपालिकामा धर्मराज खुलाल चयन भएको एमाले तेह्रथुमका प्रचार विभाग प्रमुख तथा कार्यालय सदस्य छत्र रिमालले बताए ।

    ९ कात्तिकमा देशैभर पालिका अधिवेशन तोकिए पनि बाढीपहिरोका कारण तोकिएको समयमा तेह्रथुममा पालिका अधिवेशन हुन सकेको थिएन । करिब दुई सातापछि वडा अधिवेशन सम्पन्न गरेको एमाले तेह्रथुमलाई पालिका अधिवेशनमा नयाँ नेतृत्व चयन गर्न सकस भएको थियो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार