दाङ । नेपाली कांग्रेस १४ औँ महाधिवेशन अन्तर्गत दाङमा प्रतिनिधिसभा निर्वाचन क्षेत्रको नेतृत्वका लागि आज मंगलबार मतदान हुने भएकाे छ ।
काग्रेस जिल्ला निर्वाचन कार्यालय दाङका अनुसार क्षेत्रीय नेतृत्वको लागि सोमबार सात जनाकाे उम्मेदवारी दर्ता भएकाेछ । प्रतिनिधिसभा क्षेत्रमा सभापतिसहित सचिव, सहसचिव, सदस्य, महाधिवेशन प्रतिनिधि पदका लागि निर्वाचन हुन लागेको हो ।
प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा उपसभापति पदमा प्रदेशसभाका सभापति पदेन रहने व्यवस्था छ । उपसभापतिबाहेक अन्य पदमा निर्वाचन हुने निर्वाचन अधिकृत युवराज बस्नेतले जानकारी दिए ।
१ काे क्षेत्रीय सभापतिमा भेषराज पाण्डे र सर्वजित डिसी चुनावी मैदानमा छन् । पाण्डेको प्यानलबाट सचिवमा हरिहर शर्मा र खेम चौधरी, सहसचिवमा प्रकाश जिसी र गोविन्द वलीले उम्मेदवारी दिएका छन् । पाण्डे वर्तमान सभापति हुन् भने डिसी नयाँ अनुहार हुन् ।
डिसीको प्यानलबाट सचिवमा त्रियोगी यादव, कृष्ण चौधरी, सहसचिवमा राजेन्द्र खड्का र मिनराज अधिकारी छन् ।
२ काे क्षेत्रीय सभापतिमा भीमप्रकाश खड्का र निर्मल डाँगीले उम्मेदवारी दर्ता गराएका छन । खड्काको प्यानलबाट सचिवमा हिमबहादुर डाँगी र कमल गौतम छन् भने सहसचिवमा रमेशकुमार पाण्डेय र रञ्जीतकुमार श्रेष्ठ रहेका छन् ।
डाँगीको प्यानलबाट सचिवमा आरके शितल र सन्तोष योगी, सहसचिवमा शिव घिमिरे र प्रमोद पोखरेल चुनावी मैदान छन् । डाँगी घोराही–१० वडा अध्यक्ष समेत हुन् ।
३ काे सभापतिमा वर्तमान सभापति जगतबहादुर खड्का, पूर्वजिल्ला सहसचिव सुरेन्द्र खडका र पूर्वनगर सभापति किरणबहादुर शाह चुनावी मैदानमा छन् ।
जगतको प्यानलबाट सचिवमा शोभकर सापकोटा र पूर्णबहादुर केसीले उम्मेदवारी दिएका छन् । सहसचिवमा भीमकान्त भट्टराई र डेफुलाल चौधरीले उममेदवारी दर्ता गराएका छन् ।
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा छठ पर्व मनाउन सर्लाही जाने भएका छन् । उनी छठ पर्वमा गत निर्वाचनमा प्रतिस्पर्धा गरेको क्षेत्र सर्लाही–४ जाने...
ललितपुर। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशको मौलिक पहिचानसँग जोडिएको नेपाल संवत्ले देशमा आपसी एकता,सद्भाव र समृद्धिको भावना थप बलियो बनाउने विश्वास व्यक्त गरेका...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले हाम्रा मौलिक चाडपर्वहरूले रिसराग सबै भुलेर हामीबीचको सामाजिक एकता र सहिष्णुताको भावनालाई सधैँ बलियो बनाउन प्रेरित गर्ने बताएका छन्...
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले सरकारी स्टलहरूमा प्रतिबन्धित प्लास्टिकका झोला प्रयोग भएको पाइएको बताएका छन् । थापाथलीस्थित खाद्य संस्थान परिसरमा आयोजना गरिएको तिहार विशेष रैथाने...
काठमाडौँ। नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। सोमबार बिहान १०:५५ बजे बा.९९प.८२०२ नम्बरको मोटरसाइकल नुवाकोटको विदुर नगरपालिका–९, खड्कथोकमा दुर्घटना हुँदा तीन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend