ललितपुर। ललितपुरमा आज साेमबार हुने नेपाली कांग्रेसको क्षीत्रिय अधिवेशनमा तीव्र प्रतिस्पर्धा हुने भएकाे छ । तीन वटा क्षेत्र रहेको ललितपुरमा जिल्ला सभापति निकट गजेन्द्र महर्जन,रामकृष्ण चित्रकार,मिनकृष्ण महर्जन र जितेन्द्र श्रेष्ठ आमागी जिल्ला अधिवेशनमा सभापतिका आकांक्षि छन् ।
आज ललितपुर १ को अधिवेशन बज्रवाराहीस्थित फूलबारी पार्टी प्यालेसमा हुँदैछ । उद्घाटनसत्रपछि ११ बजेतिर उम्मेदवारीको दर्ता हुने मतदान प्रतिनिधि उद्योगप्रसाद तिमल्सिनाले बताए । उनले भने,‘अहिलेसम्म सुन्दरमान थिङ र रामकृष्ण लामा (इन्द्र)को उम्मेदवारी को चर्चा छ ।’
सुन्दरमान उदयसम्सेर राणा निकट हुन् भने रामकृष्ण जिल्ला सभापति मदन बहादुर अमात्य निकट हुन् ।
ललितपुर २ को अधिवेशन ललितपुरको ग्वार्कोस्थित मण्डला पार्टी प्यालेसमा हुँदैछ । निर्वाचन प्रक्रिया १ बजेबाट हुने मतदान संयोजक गणेश खनालले बताए । ललितपुर २ मा रामकृष्ण चित्रकार,मदन बहादुर अमात्य र प्रकाश नन्दन जोशी प्यानलसहित प्रतिस्पर्धामा छन् ।
ललितपुर ३ को अधिवेशन जावलाखेलमा हुने छ । बिहान ९ बजेबाट सुरु हुने कार्यक्रम दिउँसो १ बजेबाट निर्वाचन प्रक्रिया सुरु हुने मतदान संयोजक सुरेश घिमिरेले बताए । उनले भने, ‘अहिलेसम्म विश्व तुलाधर र महेश्वर थापा क्षेत्रीय सभापतिमा आकांक्षि देखिएका छन् ।
तुलाधार मदनबहादुर अमात्यको प्यानलबाट निर्वाचनमा होमिएका हुन् भने थापा रामकृष्ण चित्रकारको प्यानलबाट उम्मेदवारी दिने तयारीमा छन् ।
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा छठ पर्व मनाउन सर्लाही जाने भएका छन् । उनी छठ पर्वमा गत निर्वाचनमा प्रतिस्पर्धा गरेको क्षेत्र सर्लाही–४ जाने...
ललितपुर। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशको मौलिक पहिचानसँग जोडिएको नेपाल संवत्ले देशमा आपसी एकता,सद्भाव र समृद्धिको भावना थप बलियो बनाउने विश्वास व्यक्त गरेका...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले हाम्रा मौलिक चाडपर्वहरूले रिसराग सबै भुलेर हामीबीचको सामाजिक एकता र सहिष्णुताको भावनालाई सधैँ बलियो बनाउन प्रेरित गर्ने बताएका छन्...
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले सरकारी स्टलहरूमा प्रतिबन्धित प्लास्टिकका झोला प्रयोग भएको पाइएको बताएका छन् । थापाथलीस्थित खाद्य संस्थान परिसरमा आयोजना गरिएको तिहार विशेष रैथाने...
काठमाडौँ। नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। सोमबार बिहान १०:५५ बजे बा.९९प.८२०२ नम्बरको मोटरसाइकल नुवाकोटको विदुर नगरपालिका–९, खड्कथोकमा दुर्घटना हुँदा तीन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend