काठमाडौं । आगामी ११–१३ मंसिरसम्म हुने महाधिवेशनका लागि प्रतिनिधि बन्न राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षत्रय पनि चुनावी प्रतिस्पर्धामा उत्रँदै छन् ।
राप्रपा महाधिवेशनमा दुई हजार नौ सय ७० जना प्रतिनिधि उपस्थित हुने छन् । त्यसका लागि आज साेमबार तीन सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रमा अधिवेशनमार्फत प्रतिनिधि चयन हुने छन् । त्यसकै लागि अध्यक्षत्रय आन्तरिक चुनावी प्रतिस्पर्धामा भिड्ने भएका हुन् ।
‘राप्रपाको विधानमा अध्यक्षसमेत प्रदेश सभाबाट निर्वाचित भएर आउनु पर्ने व्यवस्था छ । सोही कारण तीनै जना नेताले आआफना मतदाता नामावली भएका क्षेत्रमा भिड्नु पर्ने हुन्छ,’ प्रचार विभाग संयोजक मोहन श्रेष्ठले भने, ‘प्रदेश सभा निर्वाचन क्षेत्रमा सहमतिबाट नेतृत्व चयन हुन नसके प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ, त्यहाँ पराजित भएमा अध्यक्ष पनि महाधिवेशन प्रतिनिधि नहुन सक्छन् ।’
श्रेष्ठका अनुसार मतदाता नामावली भएको क्षेत्रबाट चुनिएर आउनु पर्ने भएकाले कमल थापा मकवानपुरबाट, पशुपतिशमशेर राणा सिन्धुपाल्चोक र प्रकाशचन्द्र लोहनी नुवाकोटबाट महाधिवेशन प्रतिनिधि भएर काठमाडौं आउनु पर्ने हुन्छ ।
आज हुने प्रदेशसभा अधिवेशनबाट ९–९ जना गरी दुई हजार नौ सय ७० जना प्रतिनिधि चयन हुने छन् । जसअनुसार प्रत्येक प्रदेश सभावाट खस आर्य ३, महिला ३, जनजाति १, दलित १ र अल्पसंख्यक समुदायबाट १ गरी नौ जना महाधिवेशन प्रतिनिधि चयन हुँदैछन् ।
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा छठ पर्व मनाउन सर्लाही जाने भएका छन् । उनी छठ पर्वमा गत निर्वाचनमा प्रतिस्पर्धा गरेको क्षेत्र सर्लाही–४ जाने...
ललितपुर। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशको मौलिक पहिचानसँग जोडिएको नेपाल संवत्ले देशमा आपसी एकता,सद्भाव र समृद्धिको भावना थप बलियो बनाउने विश्वास व्यक्त गरेका...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले हाम्रा मौलिक चाडपर्वहरूले रिसराग सबै भुलेर हामीबीचको सामाजिक एकता र सहिष्णुताको भावनालाई सधैँ बलियो बनाउन प्रेरित गर्ने बताएका छन्...
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले सरकारी स्टलहरूमा प्रतिबन्धित प्लास्टिकका झोला प्रयोग भएको पाइएको बताएका छन् । थापाथलीस्थित खाद्य संस्थान परिसरमा आयोजना गरिएको तिहार विशेष रैथाने...
काठमाडौँ। नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। सोमबार बिहान १०:५५ बजे बा.९९प.८२०२ नम्बरको मोटरसाइकल नुवाकोटको विदुर नगरपालिका–९, खड्कथोकमा दुर्घटना हुँदा तीन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend