Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु


    आइतबार, मंसिर ५ २०७८
    510
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • उदयपुर । उदयपुरको बेलका नगरपालिका–५ जहडामा मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ । बेलका नगरपालिका–५ जहडाकी ७० वर्षीया इच्छाकुमारी राईको मृत्यु भएको हो । 

    मदन भण्डारी लोकमार्गअन्तर्गत बेल्टार–चतरा खण्डको सडकमा पर्ने जहडामा फत्तेपुरबाट रामपुर तर्फ जाँदै गरेको को३४प २०३७ नम्बरको मोटरसाइकलले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए । 

    मोटरसाइकलको ठक्करपछि घाइते भएकी राईको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान (घोपा) मा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा मोटरसाइकल चालक सप्तरी सप्तकोसी नगरपालिका–१ का ३५ वर्षीय आलोक राईसमेत घाइते भएका छन् । 

    उनको सोही अस्पतालमा नै उपचार भइरहेको छ । मोटरसाइकल प्रहरी चौकी लालबजारको नियन्त्रणमा रहेको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार