Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • युरोपमा कोभिडः प्रतिबन्धात्मक व्यवस्थाविरुद्ध सरकारविरोधी तीव्र प्रदर्शन


    आइतबार, मंसिर ५ २०७८
    785
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • एजेन्सी । कोभिड संक्रमण पुनः फैलिएपछि  युराेपका विभिन्न देशले प्रतिबन्धात्मक व्यवस्था लागू गरेसँगै ती देशहरूमा सरकारविरोधी तीव्र प्रदर्शन भएका छन् । सरकारले लगाएको प्रतिबन्धविरुद्ध स्वीट्जरल्यान्ड, क्रोयसिया, इटाली, उत्तरी आयरल्यान्ड र नेदरल्यान्ड्समा सरकारविरोधी प्रदर्शन भएका हुन् । 

    अस्ट्रियामा देशव्यापी लकडाउन घोषणा भएपछि राजधानी भियनालगायतका सहरहरूमा प्रदर्शन भएका छन् । खोप नलगाएका व्यक्तिलाई भिड हुने क्षेत्रमा जान रोक लगाएपछि सर्वसाधारण नागरिक आक्रोशित भएका छन् ।

    नेदरल्यान्ड्समा खोपविरोधी प्रदर्शनले उग्र रुप लिएको छ ।  प्रदर्शन नियन्त्रण गर्ने क्रममा प्रहरीले गोली चलाउँदा सात जना घाइते भएका छन् । 

    इटालीमा सरकारले लगाएको प्रतिबन्धको विरोधमा सर्वसाधारण नागरिक प्रदर्शनमा उत्रिएका छन् । सरकारले खोप नलगाएका व्यक्तिलाई रेस्टुराँ, खेल मैदान, सिनेमा, रेल, जिम हललगायतका क्षेत्रमा जान प्रतिबन्ध लगाएपछि उनीहरू प्रदर्शनमा उत्रिएका हुन् । 

    त्यस्तै, क्रोएसियामा सार्वजनिक क्षेत्रमा कार्यरत कर्मचारीहरूले अनिवार्य खोप लगाउनुपर्ने नियमको विरोधमा दशौं हजार मानिस सडकमा उत्रिएका छन् ।

    यसैबीच विश्व स्वास्थ्य संगठनले युरोपमा बढेको कोभिडबाट आफू चिन्तित भएको जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार