Nepal Face
  • बुधबार, २६ कार्तिक २०८३
  • कपिलवस्तु कांग्रेस अधिवेशन: नगरपालिका मेयर क्षेत्रीय सभापतिमा पराजित


    आइतबार, मंसिर ५ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • कपिलवस्तु । नेपाली कांग्रेसको कपिलवस्तु क्षेत्र नं. १ (क) को प्रदेश क्षेत्रीय सभापतिमा बाणगंगा नगरपालिकाका मेयर मंगल थारु पराजित भएका छन् ।

    मेयर थारुलाई दुर्गा केसीले ४० मतको अन्तरले पराजित गरेका हुन् ।

    निवर्तमान नगर सभापतिसमेत रहेका थारुलाई राम चन्द्र पौडेल समूहको समर्थन रहेको थियो ।

    वाणगंगा नगरपालिकाको ओदारी माविमा सम्पन्न निर्वाचनमा प्रदेश सभा (क) मा वाणगंगाका ११ वडा सहित कपिलवस्तु नगरका ३ र मायादेवी गाउँपालिकाको १ वडा गरी ३ सय ४३ जना क्षेत्रिय प्रतिनिधिले मतदान गरेका थिए भने ३ सय ३६ मत सदर भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार