Nepal Face
  • बुधबार, २६ कार्तिक २०८३
  • दर्ता नै नभएका रामदेवका टेलिभिजन उदघाटन गरेपछि प्रधानमन्त्री देउवा विवादमा


    शनिबार, मंसिर ४ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं ।  प्रधानमन्त्री शेरबहादुर देउवाले दर्ता नै नभएका दुई टेलिभिजन च्यानलको उदघाटन गरेका छन् । प्रधानमन्त्री देउवाले काठमाडौंमा शुक्रबार पतञ्जलि योगपीठ नेपाल मण्डिखाटारमा  पतञ्जलि नेपाल टिभि तथा आस्था नेपाल टिभि र पतञ्जलि सेवा सदनको उदघाटन गरेका थिए ।  शुक्रबार प्रधानमन्त्री देउवाले उदघाटन गरेका भारतीय बाबा रामदेवले सञ्चालन गर्ने भनिएका यी  दुई टिभी च्यानलले नेपालमा आधिकारिक इजाजत  नै नलिएको खुलेको छ । 

    च्यानल उदघाटन समारोहमा प्रधानमन्त्री, गृहमन्त्रीलगायतका मन्त्री र प्रचण्ड, माधव नेपाललगायतका शीर्षनेता उपस्थित थिए ।
    नेपालमा कुनै पनि टिभी च्यानल सञ्चालन हुनुअघि सूचना तथा प्रशारण विभागमा दर्ता हुनुपर्ने कानूनी व्यवस्था छ । प्रधानमन्त्री देउवाले उदघाटन गरेका ‘पतञ्जली नेपाल’ र ‘आस्था नेपाल’ टिभी विभागमा दर्ता भएको रेकर्ड छैन । दर्ता नभएको मात्र होइन, दर्ताका लागि निवेदनसमेत नआएको विभागले जनाएको छ । त्यसो त सन्चारमा बैदेशिक लगानिका बिषयमा पनि विवाद रहेको छ । 
    प्रधानमन्त्री देउवा दर्ता समेत नभएको र ऐनले संचारमा विदेशी लगानीका बारेमा स्पष्ट नबोलेको अवस्थामा टेलिभिजन उदघाटन गरेर विवादमा परेका छन् । यसअघि अन्नपूर्ण पोष्ट र दी हिमालयनमा भएको विदेशी लगानीका बारेमा ब्यापक विवाद भइरहेको छ । नलिनी सिंहले सुरु गरेको भारतीय लगानीको नेपाल वान टेलिभिजनको प्रशारणका बारेमा पनि ब्यापक विवाद भएको थियो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार