Nepal Face
  • बुधबार, ३ मंसिर २०८३
  • ए डिभिजन लिग: अग्रता जोगाउन नसक्दा संकटाले शेर्पासँग अंक बाढ्यो


    शनिबार, मंसिर ४ २०७८
    555
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत शनिबारको पहिलो खेलमा हिमालयन शेर्पा क्लब र संकटा क्लबले १–१ गोलको बराबरी खेल्दै अंक बाढेका छन् ।

    त्रिपुरेश्रस्थित दशरथ रंगशालामा संकटाले एक गोलको अग्रता जोगाउन नसक्दा अंक बाँड्नु परेको हो । खेलको ६०औँ मिनेटमा लक्ष्मण रुचालले गोल गर्दै संकटालाई सुरुवाती अग्रता दिलाए । 

    गोलरक्षक दीप कार्कीको गल्तीको फाइदा उठाउँदै गोल गरेका रुचाल यसवर्षको लिगमा गोल गर्ने पहिलो खेलाडी बने । खेलको ६४औँ मिनेटमा त्रिदेव गुरुङले गोल गर्दै हिमालयनलाई १–१ गोलको बराबरीमा ल्याए । खेलमा संकटाका लक्ष्मण रुचाल म्यान अफ दि म्याच चुनिए । 

    आजै हुने दोस्रो खेलमा थ्रि स्टार क्लब र च्यासल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल साँझ पौने ५ बजे सुरू हुँदैछ । 

    थ्रि स्टारका प्रशिक्षक उज्जन श्रेष्ठले आफूहरूको लक्ष्य लिग च्याम्पियन हुने भएकाले पहिलो खेलबाटै आक्रमक फुटबल खेल्ने बताएका छन् । थ्रि स्टारका विक्रम लामाको कप्तानीमा मैदान उत्रदा च्यासल विराज महर्जनको कप्तानीमा मैदान प्रवेश गर्नेछ । 

    च्यासलका प्रशिक्षक बालगोपाल साहुखलले टोली सन्तुलित बनेकाले लिगमा उत्कृष्ट नतिजा ल्याउने बताए । शुक्रबार भएको  उद्घाटन खेलमा नवप्रवेशी सातदोबाटो युथ क्लबले फ्रेण्ड्ससँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार