बुटवल । मत गणनाका क्रममा आक्रमणमा परी घाइते भएका कांग्रेसका नेता समर्थकहरूले गृहमन्त्री बालकृष्ण खाँणको योजनामा आफूहरूमाथि आक्रमण भएको आरोप लगाएका छन् । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारत घाइते नेता तथा समर्थकहरूले अस्पतालमै आयोजित पत्रकार सम्मेलनमा यस्तो आरोप लगाएका हुन् ।
उनीहरूले गृहमन्त्री तथा पार्टी नेता खाँणका भाइ कांग्रेस रुपन्देहीका सचिव समेत रहेको रामकृष्ण खाँणको निर्देशनमा आक्रमण भएको आरोप लगाए । मण्डले शैलीमा आक्रमण भएको भन्दै उनीहरूले आन्तरिक लोकतन्त्रको अभ्यास गर्ने नाममा अर्को समूहमाथि आक्रमणमा उत्रिनु खेदजनक र निन्दनीय भएको बताए ।
रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ (क) का उम्मेदवार पुरनप्रसाद श्रेष्ठले गृहमन्त्री बालकृष्ण खाँणका भाइ रामकृष्ण खाँणको निर्देशनमा आक्रमणको भएको सूचना पाएको बताए ।
तरुण दल रुपन्देहीका अध्यक्ष सोमबहादुर गुरुङको नेतृत्वमा आएको समूहले काँग्रेस नेता शैलेस पन्तमाथि सांघातिक आक्रमण गरेको बताउँदै उनले सत्ता र शक्तिको आडमा गुण्डा परिचालन गरेर चुनाव आफ्नो पक्षमा पार्ने कोशीस गरिएको बताए ।
राति मतगणना चलिरहँदा देउवा पक्षका कार्यकर्ता पुगेर जेनेरेटर बन्द गरी आक्रमण थालेका थिए । आक्रमणमा प्रदेश निर्वाचन क्षेत्रका सचिव पदका उम्मेवार पन्तसहित पाँच जना कार्यकर्ता घाइते भएका छन् ।
गम्भीर घाइते पन्तको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भैरहेको छ भने अन्य चार जनाको भीम अस्पताल भैरहवामा उपचार भैरहेको छ । निर्वाचनमा पराजित हुने डरले देउवा पक्षले आक्रमण गरेको पौडेल पक्षको आरोप छ ।
र कांग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाँणले आफ्नो संलग्नताको आरोप अस्वीकार गर्दै मतगणना स्थलमा नभई बाहिर झडप भएको र यो विषयलाई गृहमन्त्रीसँग जोड्न आवश्यक नरहेको बताए ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend