Nepal Face
  • बुधबार, ३ मंसिर २०८३
  • अमेरिकी सहायक विदेशमन्त्रीले ओलीलाई सोधे– एमसीसी बारे के सोच्नु भएको छ ?


    शुक्रबार, मंसिर ३ २०७८
    540
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूबीच भएकाे भेटघाटमा लूले अमेरिकी अनुदानसम्बन्धी सम्झौता (एमसीसी) के हुन्छ भनेर साेधधेका छन् । 

    भेटमा सहभागी एमाले नेता राजन भट्टराईका अनुसार सिंहदरवारस्थित एमाले संसदीय दलको कार्यालयमा शुक्रबार भएको भेटमा विदेशमन्त्री लूले अध्यक्ष ओलीलाई एमसीसी के हुन्छ भनेर जिज्ञासा  राखेका थिए ।

    जवाफमा अध्यक्ष ओलीले एमसीसीबारे सरकारले आफ्नो दलसँग अहिलेसम्म कुनै परामर्श नगरेको र यसबारे ठोस धारणा नबनाएको बताएका भट्टराईले जानारी दिए ।

    भेटमा अध्यक्ष ओलीले कोभिड–१९ लगायत स्वास्थ्य, शिक्षा, पूर्वाधार क्षेत्रमा अमेरिकाले गरेको सहयोगका लागि धन्यवाद दिएका थिए भने विदेशमन्त्री लूले अमेरिकी सहयोग निरन्तर जारी रहने भन्दै नेपाललाई थप नयाँ क्षेत्रमा पनि सहयोग गर्न चाहेको जानकारी गराएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार