Nepal Face
  • बुधबार, २६ कार्तिक २०८३
  • कांग्रेस अधिवेशन: चुनाैती दिँदै युवा नेताकाे उम्मेदवार दर्ता


    शुक्रबार, मंसिर ३ २०७८
    880
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • कपिलवस्तु । नेपाली का‌ंग्रेसको शुक्रवार प्रदेश निर्वाचन क्षेत्रको अधिवेशन अन्तर्गत मनोनयन सुरू भएको छ ।  कपिलवस्तुकाे छ निर्वाचन क्षेत्रमा शुक्रबार मनोनयन दर्ता हुँदै छ । सबै क्षेत्रमा संस्थापन र रामचन्द्र पौडेल पक्षको अलगअलग गुट बनाइ उम्मेदवारी दर्ता भएको छ ।

    अधिवेशनको माहौल सुरू हुँदै फेसबुकमार्फत युवापुस्ताले पनि उम्मेदवार दिने घोषणा गरेका थिए । तर, गुटको दबाबका कारण युवाहरूले उम्मेदवार दिनबाट रोकिनु परेको छ ।

    कपिलवस्तु क्षेत्र नं. २ (क) अन्तर्गत प्रदेश अधिवेशन प्रतिनिधिमा एक विद्यार्थी नेता दबाब त्यागेर भए पनि निर्वाचनमा होमिएका छन् ।

    नेपाल विद्यार्थी संघ बुद्धभूमि नगर सभापति थानेश्वर अर्याल (अच्युत) ले मनोनयन दर्ता गरेका हुन् । निर्वाचन मण्डलका सदस्य कुलानन्द भुसालका अनुसार उनले ११ जना प्रतिस्पर्धीसँग सामना गर्नुपर्ने भएको छ ।

    प्रदेश अधिवेशन प्रतिनिधिमा खुला तर्फ ७ जनाको मात्र कोटा रहेको छ । कुल १० मध्ये ३ जना महिला भने निर्विरोध निर्वाचित भएका छन् ।

    कुनै प्यानलमा नरही साझा उम्मेदवारको रूपमा नाम दर्ता गराएको अच्युतले बताए । उम्मेदवारी घोषणा गरेपछि उनलाई पार्टीका नेताहरूले नाम फिर्ता लिन दबाब आएको समर्थक कृष्ण बन्जाडेले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार