खोटाङ । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत खोटाङ प्रदेश सभा (ख) को अधिवेशन जारी छ । केही बेरअघि नेतृत्व चयनका लागि मतदान सुरु भएको छ ।
सिमपानी क्याम्पसमा सुरु क्षेत्रीय कार्यसमिति प्रदेश सभा (ख) को मतदान बिहान १० बजेदेखि सुरु भएको हो । हालसम्म ४० प्रतिशत मत खसेको छ ।
हलेसीस्थित महेन्द्रोद्वय माविमा आयोजना गरिएको क्षेत्रीय कार्यसमिति प्रदेश सभा (क) को अधिवेशन जारी छ । तर नयाँ नेतृत्वका लागि निर्वाचन गर्ने भनिए पनि अहिलेसम्म मतदान सुरु हुन सकेको छैन । महाधिवेशन प्रतिनिधिका उम्मेद्वार किसन भुजेल ‘अल्पसंख्यक हुन् वा होइनन्’ भन्ने विषय टुंगो नलाग्दा मतदान सुरु हुन नसकेको जनाइएको छ । अल्पसंख्यकको सूचीमा ‘खवास’ मात्र उल्लेख भएकाले भुजेलको विषयमा विवाद उठेको हो । विवाद समाधानको नजिक पुगेको निर्वाचन अधिकृत शिवहरि ढकालले बताए ।
क्षेत्रीय अधिवेशनमा प्रदेश सभा (क) र (ख) मा सात–सात सय क्षेत्रीय प्रतिनिधिले भोट हाल्ने कांग्रेसले जनाएको छ । क्षेत्रीय कार्यसमितिको अधिवेशनको चुनावी दौडमा देउवा, पौडेल, कोइराला, सिटौला र गगन थापा निकट चार प्यानल चुनावी मैदानमा देखिएका छन् ।
देउवा निकट टिमले कांग्रेस क्षेत्रीय कार्यसमिति प्रदेश (क) मा भक्तजंग राईलाई सभापतिमा उठाएको छ । उपसभापतिमा दिलीपराजा गिरी र उद्धव राई, सचिवमा सुमन आचार्य र राजकुमार राई, सहसचिवमा मनकुमार तामाङ र मकर राई उठेका छन् ।
कोइराला निकट टिमबाट क्षेत्रीय कार्यसमिति प्रदेश सभा (क) को सभापतिमा राजेन्द्र राई, उपसभापतिमा बालकुमार राई र मित्रलाल पुरी, सचिवमा राजन भट्टराई र ज्ञानेन्द्र राई, सहसचिवमा पृथ्वीनारायण आचार्य र भूपेन्द्र खनाल उठेका छन् ।
पौडेल निकट टिमबाट क्षेत्रीय कार्यसमिति प्रदेश सभा (ख) को सभापतिमा दिनेश घिमिरे, उपसभापतिमा महेन्द्र राई र रमाहाङ राई, सचिवमा समराज राई र प्रवीण राई, सह–सचिवमा कमल प्रधान र राजकुमार बस्नेत छन् ।
कृष्ण सिटौला र गगन थापा प्यानलबाट क्षेत्रीय कार्यसमिति प्रदेश सभा (ख) को सभापतिमा चण्डीकुमार राई, उपसभापतिमा हरिबहादुर खड्का र रामचन्द्र केसी, सचिवमा बलराम राई र मोहन कटुवाल, सहसचिवमा मणिराज खत्री र शिव राई चुनावी मैदानमा छन् ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend