काठमाडौँ । वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले दलाल, माफिया र तस्करहरूको सेवा गरिरहेको आरोप लगाएका छन् ।
शुक्रबार सर्वोच्च परिसरमा नेपाल आर एशोसिएशनको धर्नापछिको कार्यक्रमा बोल्दै अधिवक्ता कार्कीले यस्ताे आरोप लगाएका हुन् ।
यस्तै उनले प्रधानन्यायाधीशले नेताहरूलाई विचाराधीन मुद्दा देखाएर खबरदारी गरेको समेत आरोप लगाएका छन् ।
नेताहरुको कान बन्द भएको र आँखा समेत नखुलेको टिप्पणी गर्दै उनले भने- ‘नेताहरू कान सुन्दैनन्, आँखा बन्द छन्, दलाल भेट्न जतिबेला सहज छ तर हाम्रो कुरा सुन्ने फुर्सद छैन ।’