Nepal Face
  • बुधबार, ३ मंसिर २०८३
  • पाकिस्तानी कट्टर मुस्लिम समूह टीएलपीका प्रमुख  रिज्भी रिहा


    शुक्रबार, मंसिर ३ २०७८
    535
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी । पाकिस्तानले एक कट्टर मुस्लिम नेतालाई रिहा गरेको छ ।

    सरकारले सुन्नी लडाकु समूह तेहरिक इ लबाइक पाकिस्तान (टीएलपी) का प्रमुख साद हुसेन रिज्भीलाई रिहा गरेको हो । सरकार र टीएलपीबीचको वार्तापछि सरकारले उनलाई लाहोर जेलबाट रिहा गरेको हो । 

    एक साताअघि मात्र सरकारले रिज्भीको नाम आतंकारीको सूचीबाट हटाएको थियो । टीएलपीले विगत एक महिनादेखि सरकारविरोधी हिंसात्मक आन्दोलन गरेको थियो ।

    आन्दोलनका क्रममा सुरक्षाकर्मी र प्रदर्शनकारी गरी १२ जनाको मृत्यु भएको थियो । रिज्भी रिहा भएको उनका वकिलले पुष्टि गरेका छन् । 

    दुई साताअघि इमरान खान नेतृत्वको सरकारले टीएलपीका २ हजार कार्यकर्तालाई रिहा गरेको थियो । 

    फ्रान्सेली म्यागेजिन चार्ली हेब्दोले मुस्लिम धर्मगुरु मोहम्मदको कार्टून छापेपछि इस्लामबादस्थित फ्रान्सेली दूतलाई देश निकाला गर्न माग गर्दै सुरु भएको टीएलपीको आन्दोलनले हिंसात्मक रुप लिएको थियो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार