Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमाले महाधिवेशनः ६७ जिल्लाबाट १ हजार १८२ प्रतिनिधि टुंगो, १० जिल्ला बाँकी


    बिहिबार, मंसिर २ २०७८
    750
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेको १० मंसिरमा उद्घाटन हुने नेकपा एमालेको १०औं महाधिवेशनका लागि बिहीवार साँझसम्म १ हजार १८२ प्रतिनिधि अभिलेखीकरण भएका छन् ।

    झण्डै १९ सय प्रतिनिधि सहभागी हुने महाधिवेशनमा ६५ जिल्लाबाट चयन भएर आएका प्रतिनिधि केन्द्रीय कार्यालयमा अभिलेखीकरण भएका हुन् ।

    एमाले संगठन विभागकाअनुसार १० जिल्लाबाट महाधिवेशन प्रतिनिधिको नामावली आउन बाँकी रहेकाले अभिलेखीकरण हुन नसकेको हो । अभिलेखीकरण हुनेमा खुल्लातर्फबाट ७४० आएका छन् भने महिला ३०४ पुगेका छन् । बाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका सबै जिल्लामा महाधिवेशन प्रतिनिधि छनोट भइसकेका छन् ।

    प्रदेश १ को सुनसरी, पाँचथर र ताप्लेजुङ, प्रदेश २ को रौतहट, महोत्तरी, धनुषा, सिरहा, सप्तरी तथा सुदूरपश्चिमका कैलाली र बाँकीबाट प्रतिनिधि चयन हुन बाँकी रहेको छ ।

    257480752_1058890124866113_7207861314560748558_n.jpg.jpg
    258624805_1265076744013145_8225981713097003515_n.jpg.jpg
    u

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार