नेपालगञ्ज । एमाले अध्यक्ष केपी ओलीले आफ्नाे पार्टीसँग एक्लै निर्वाचन लड्ने दुस्साहस नगर्न चेतावनी दिएका छन् । बुधबार नेपालगञ्जमा एमाले बाँकेले आयोजना गरेको बृहत् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो चेतावनी दिएका हुन् ।
उनले नेपाली कांग्रेसलाई प्रचण्डपथमा लागेको आरोप लगाउँदै भने, ‘कांग्रेस प्रधानमन्त्रीका लागि चार-चारवटा वैशाखी टेकेर सत्तामा अडेको छ । फेरि यदाकदा सुनिन्छ यो गठबन्धन आगामी चुनावसम्म कायम रहन्छ । राख्नुहोस् गठबन्धन कायम तपाईहरूसँग एमालेसँग एक्लै लड्ने दम छैन ।’
उनले नेपाली कांग्रेसका प्रधानमन्त्री प्रचण्डको कारिन्दा भएको आरोप लगाउँदै पुरानो कांग्रेसलाई एक्लै चुनाव लड्ने र आफ्नो साख जोगाउने हिम्मत नभएको दाबी गरे । उनले आफ्नो नेतृत्वको सरकारले विकासको लहर ल्याएर विश्वसामु पहिचान बनाएको दाबी गर्दै आफ्नै पालामा नेपाल तीव्र ढंगले विकास गर्ने विश्वका १० देशको सूचीमा परेको उल्लेख गरे ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले एमालेले गरेको विकासको जस अहिलेको सत्ता गठबन्धनले लिन खोजेको बताए । उनले आफू प्रधानमन्त्री हुँदा चलाएको विकासको अभियानको जस वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले लिने प्रयास गरिरहेको आरोप लगाउँदै भने, ‘नेपालमा आफ्नो सरकारले विद्युत् उत्पादन बढाएकाले अहिलेको सरकारले विद्युतको खपत बढाउन आग्रह गर्न थालेको छ ।’ उनले आफूले सुरु गरेको विद्युत उत्पादनबाट प्रधानमन्त्री देउवाले बिजुली खपत बढाउन आह्वान गर्दे हिँडेको बताए ।
‘२० वर्ष लोडसेडिङ अन्त्य हुँदैन भन्नेहरूलाई आफैले भारतबाट बिजुली किनेर भए पनि लोडसेडिङको अन्त्य गर्दै अहिले आफ्नै उत्पादन खपत गरौ भन्नेसम्म पुर्याइयो’, उनले भने, ‘फेरि अहिले बिजुलीबाट चल्ने बसको कुरा पनि मैले नै सुरु गरेको सुरु गरेको हो र २० वर्षमा गर्न नसक्ने विकास हामीले गरेर देखाइदिएका छौ ।’ एमालेले गरेको विकास देखेर आफ्नो राजनीतिको व्यापार चल्न नसक्ने भएपछि विपक्षीहरूले पद बाँडेर सरकार ढालेको आरोप लगाउँदै उनले भने, ‘काँग्रेसले एकमना सरकार बनाएकै हो, तर उसले सकेन, एमालेले सक्यो ।’ ओलीले अब बाँके जिल्ला एमालेको लालकिल्ला भएको बताए ।
कार्यक्रममा नेपालगञ्जका व्यवसायी तथा बाँकेका पूर्वजिविस सभापति पशुपतिदयाल मिश्र, अब्दुल करिम खानलगायत एमाले प्रवेश गरेका थिए । ‘बाँके जिल्ला अब एमालेको लालकिल्ला भइसक्यो । अहिलेसम्म कस्ले चुनाव जित्छ भन्ने कुरो चुनाव पछि मात्र टुंगो लाग्थ्यो भने बाँकेमा भने पहिले नै टुंगो लागिसक्यो’, उनले भने, ‘चुनाव अगाडि नै एमालेले बाँके जितिसक्यो ।’
एमाले कुनै जात विशेष, धर्म बिशेष, भुगोल बिशेषको मात्र प्रादेशिक पार्टी नभएको भन्दै उनले मेचीदेखि महाकालीसम्म, तराईदेखि हिमालसम्मका सम्पूर्ण जातजाति, धर्मावलम्बी मान्ने जनताको साझा राष्ट्रिय पार्टी भएको उनले बताए ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend