Nepal Face
  • आइतबार, १० साउन २०८३
  • छलफलमा जुटे असन्तुष्ट न्यायाधीशहरु र बार एसोसिएसन


    सोमबार, कार्तिक २९ २०७८
    490
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै आएका नेपाल बार एसोसिएसन र सर्वोच्च अदालतका असन्तुष्ट १८ जना न्यायाधीशहरुबीच छलफल सुरु भएको छ । 

    राजीनामाको चर्को दवाब पर्दासमेत जबराले आफुलाई गैरकानुनी रुपमा हटाउन खोजेको आशयसहितको विज्ञप्ति जारी गरेपछि साझा अवधारणा बनाउन यी दुई निकाय छलफलमा जुटेका हुन् । 

    नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ, उपाध्यक्ष रक्षा बस्याल, महासचिव लिलामणि पौडेल, सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष पुर्णमान शाक्य, सचिव ऋषिराम घिमिरे र असन्तुष्ट १८ जना न्यायाधीश छलफलमा जुटेका छन् । 

    सर्वोच्च बारका सचिव घिमिरेका अनुसार प्रधानन्यायाधीशविरुद्धको आन्दोलनमा साझा धारणा बनाउन छलफल थालिएको हो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार