Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ऊर्जा मन्त्रीले गरिन् बालकुमारी मन्दिर पुनर्निर्माण कार्यको शिलान्यास


    सोमबार, कार्तिक २९ २०७८
    775
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले ललितपुर महानगरपालिका वडा नं ८ स्थित बालकुमारी मन्दिर पुनर्निर्माण  कार्यको शिलान्यास गरेकी छन्। आज बिहान उनले मन्दिर पुनर्निर्माणको आरम्भ गरेकी हुन्। 

    तीनै तहको सरकारको मद्दतले मन्दिरको पुनर्निर्माण कार्य सम्पन्न गर्ने विश्वास दिलाउँदै मन्त्री भुसालले भनिन्, ‘स्थानीय तहले विशेष पहल लिएको छ, तीनै तहको सरकारको मद्दतमा तोकिएको समयमै पुनर्निर्माण कार्य सम्पन्न गरिनेछ।’

    मन्दिर गोर्खा भूकम्पले भत्काएको थियो।

    करिब ३८८ वर्ष पहिले पुनर्निर्माण भएको मन्दिरको अन्वेषण आवश्यक रहेको बताउँदै उनले भनिन्,’जीवन संस्कृतिसँग जोडिएको छ, पुनर्निर्माणसँगै यस मन्दिरको ऐतिहासिक अन्वेषण हुनेछ।’

    कला सम्पदाले देशको सामाजिक सद्भाव र राष्ट्रको सवर्द्धन गरेर पर्यटन क्षेत्रको लाभ लिनुपर्नेमा जोड दिँदै उनले सम्पदाले देशको आर्थिक, सामाजिक विकासमा सहयोग पुर्‍याउने बताइन्।

    मन्त्री भुसालले भनिन्,’ललितपुर कला, संस्कृति र सम्पदाले भरिपूर्ण भएको जिल्ला हो, यसको सही सदुपयोग गरेर यहाँका बासिन्दा र राष्ट्रले नै फाइदा लिनुपर्छ।’

    पुनर्निर्माण भएका सम्पदा भावी पुस्तालाई सहीरूपमा हस्तान्तरण गर्न सके कला संस्कृतिको संरक्षण हुने उल्लेख गर्दै उनले भक्तालु, श्रदालु एवं सम्पदाप्रमेमीलाई आ-आफ्नो ठाउँबाट सक्दो सहयोग पुर्‍याउन अपिल गरिन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार