Nepal Face
  • बुधबार, ३ मंसिर २०८३
  • तिलिचो ताल घुम्न गएका युवककाे लेक लागेर मृत्यु


    सोमबार, कार्तिक २९ २०७८
    860
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • लमजुङ। हिमाली जिल्ला मनाङको तिलिचो ताल घुम्न गएका एक युवाको लेक लागेर मृत्यु भएको छ ।

    रामेछाप घर भई भक्तपुरको सूर्यविनायक नगरपालिका-८ बस्ने २३ वर्षीय प्रवीण थापाको  लेक लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

    मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यका अनुसार तिलिचो ताल भ्रमणका लागि थापाको टोली २१ कात्तिकमा काठमाडौंबाट हिँडेकाे थियाे ।

    लेक लागेर बिरामी भएपछि तिलिचो बेसक्याम्पबाट साथीहरूले उनलाई फर्काएका थिए ।  तिलिचो ताल (४,९१९ मिटर) भ्रमणका लागि आएका थापालाई लेक लागेपछि माथिल्लो मनाङबाट एभरेष्ट एयरको हेलिकप्टरबाट उद्धार गरिएको थियो ।

    मनाङका डीएसपी सुवास खड्काका अनुसार हेलिकाेप्टरबाट उद्धार गरी शिक्षण अस्पताल महाराजगञ्ज लगिएकाेमा उपचारको क्रममा थापाकाे मृत्यु भएको हो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार