Nepal Face
  • आइतबार, १० साउन २०८३
  • लोकमानपथमा प्रधानन्यायाधीश राणाः बारको आन्दोलन भाँड्न भिजिलान्ते जम्मा गर्ने को को हुन् ?


    आइतबार, कार्तिक २८ २०७८
    1.5K
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं । नेपाल बार एशोसिएसनका महासचिव लिलामणि पौडेलले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले भिजिलान्तेहरु प्रयोग गरेर आफूहरुको आन्दोलनलाई बिथोल्न खोजेको आरोप लगाएका छन् ।

    महासचिव पौडेलले त्यत्तिकै भनेका होइनन्, राणाले भिजिलान्ते प्रयोग गर्न आफ्ना भाइभतिजा नै प्रयोग गरेको खुलेको छ । सर्वोच्च अदालतका मुद्दामा सेटिङ गर्ने मुख्य बिचौलिया प्रधानन्यायाधीशका भाइ प्रभुशमशेर राणा, उनका छोरा प्रज्वल्लसमशेर राणासहितको टोलीले पैसा खर्च गरी भिजिलान्ते जम्मा गरेको खुलेको छ । 

    लोकमानसिंह कार्कीले लोकतन्त्रका बिरुद्ध षडयन्त्र सुरु गरेपछि नागरिक समाज र पेशाकर्मी सडकमा आउँदा उनले भिजिलान्ते प्रयोग गरी भाँडेका थिए । कार्कीको समर्थनमा पैसा दिएर ज्यालामा मानिस जम्मा गर्ने काम अख्तियारमा कार्यरत त्यतिबेलाका डीएसपी दानबहादुर थापा, पूर्वएसएसपी गोबद्र्धन श्रेष्ठ, कम्प्युटर अप्रेटरमा करारमा भर्ति गरिएकी आकृति रायमाझी, कार्कीले राखेका विज्ञ हुपेन्द्रमणि केसीहरुले गरेका थिए । लोकमानको विज्ञप्ति लेख्ने एक चर्चित पत्रकार पनि थिए । तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्की मिलाउँछु भनेर पत्रकारको भेषधारी अर्का बिचौलियाले पनि लोकमानको पक्षमा मानिस जुटाउन सहयोग गरेका थिए ।

     लोकमानले निकालेको भिजिलान्ते जुलुसमा नोबेल मेडिकल कलेजका संचालक सुनिल शर्मा, तत्कालीन उच्च माध्यमिक शिक्षा परिषदबाट परीक्षाबोर्डमा परिणत भएपछि जागिरबाट हात धोएका विवादित कर्मचारी नारायण कोइराला लगायत अनुहार पनि थिए । मेडिकल कलेजबाट विद्यार्थीदेखि विभिन्न ठाउँबाट मानिस जम्मा गर्ने कार्य उनीहरुले गरेका थिए ।

    आजको बारको आन्दोलनका बिरुद्ध प्रतिकार र्याली निकाल्न चोलेन्द्रशमशेरका भाइ प्रभुशमशेर राणाले सबै खर्चको प्रबन्ध गरेका छन् । चितवनको क्रिकेट रंगशाला निर्माणको बिरोध गरेर चर्चामा आएकी लोकतन्त्रबिरोधी राजावादी तारा बरालहरुको समूहलाई प्रभ्ुशमशेरले नै लगानी गरी बारको आन्दोलन भाँड्न पठाएको सूचना पाएपछि बारका महासचिव पौडेलले भिजिलान्ते प्रयोगको रहस्य खोलेका हुन् ।

    prajjwalla  janna.jpg
    प्रभुशमशेरका छोरा अर्थात् चोलेन्द्रशमशेरका भतिजा प्रज्वलसमशेर राणा

    प्रभुका छोरा प्रज्वल्लले श्रीमती रेनसा राई डान्सर भएकाले इन्टुमिन्टु लण्डनमा भन्ने डान्स समूह संचालन गरेका छन् । त्यसमार्फत् उनले मानिस जम्मा गरेको स्रोतले बताएको छ । त्यसका अलावा प्रधानन्यायाधीशका बिचौलियाहरु दीपक तिम्सिना, कालु गुरुङ, मीनबहादुर गुरुङहरुले पनि उनका बिरुद्ध मानिस जम्मा गरी भिजिलान्ते जुलुस गर्न सहयोग गरेका छन् ।  

    चोलेन्द्रशमशेरले बारको आन्दोलन भाँड्न निकालेको भिजिलान्ते प्रदर्शनले उनी थप नांगिन पुगेका छन् । बाहुबली शैलीमा उनी भिजिलान्ते उतारेर न्यायालयको हुर्मत लिने खेलमा लागेका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार