काठमाडौं । महाधिवेशन प्रतिनिधि चयन निष्पक्ष नभएको भन्दै रौतहटका स्थानीय नेता कार्यकर्ताले ११५ दिनदेखि जारी राखेको धर्नाका कारण कांग्रेस केन्द्रीय समिति बैठक बुढानिलकण्ठमा हुने भएको छ ।
पार्टी महाधिवेशनका लागि विभिन्न उपसमिति गठन गर्नका लागि प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले बैठक बुढानिलकण्ठमा बोलाएपछि आइतबारको केन्द्रीय समिति बैठक बुढानिलकण्ठमा हुने भएको हो ।
आइतबारको केन्द्रीय समिति बैठकले १४औँ महाधिवेशन मूल तयारी समिति महाधिवेशन व्यवस्थापन समिति र पार्टीको नीति तथा कार्यक्रमको प्रस्ताव समिति गठन गर्ने केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
उनका अनुसार प्रचारप्रसार समिति, पार्टी विधान संशोधन समिति, विदेशी पाहुना स्वागत तथा व्यवस्थापन समिति, भोजन आवास व्यवस्थापन समिति, अर्थ संकलन समिति र स्वयंसेवक व्यवस्थापन समितिलगायतका समिति र उपसमितिहरू गठन गरिने एजेण्डा तय भएको छ ।
सुरूमा सानेपा भनेर बैठक आह्वान गरेको भए पनि अन्तिम समयमा बुढानिलकण्ठस्थित देउवा निवासमा बैठक बोलाइएको पौडेलले जानकारी दिएका छन । बैठकमा सहभागी हुन नेताहरू जाने क्रम सुरु भएको छ ।
सानेपामा रौतहटका कांग्रेस नेताहरू रामश्रीष साह, देवचन्द्र मिश्र, उदय यादव, भोगेन्द्र झा, वीरेन्द्र राय यादव, नमोनाथ यादव, रामविश्वास साहलगायतका नेताहरू ११५ दिनदेखि धर्नामा छन् ।
‘हाम्रो धर्नाले पनि हुन सक्छ, यहाँ हुने भनिएको केन्द्रीय समिति बैठक अचानक बुढानिलकण्ठमा सारिएको छ । तर, नेताहरूले हाम्रो माग सम्बोधन गरेका छैनन्, हामी यहाँ धर्नामा बस्छौं’, रामश्रीष साहले भने ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend