Nepal Face
  • आइतबार, १० साउन २०८३
  • दोस्राे गोदावरी मेयर कप फुटबलको उपाधि लेलेलाई


    आइतबार, कार्तिक २८ २०७८
    550
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • ललितपुर । गोदावरी मेयर कप फुटबलको उपाधि लेलेले जितेको छ । शनिबार ललितपुरको ठेचोस्थित दुरीखेल मैदानमा भएको फाइनल खेलमा गोदावरी नगरपालिका-३ गोदावरीलाई हराउँदै लेलेले उपाधिमाथि कब्जा जमाएको हो ।

    आयोजक टुस्टार क्लबका रविन्द्र महर्जनका अनुसार लेलेले तीन गोल गर्दै उपाधि जितेको हो । गोदावरीले एक गोल गरेको थियो ।

    बिहीबार ललितपुरको ठेचो फुटबल मैदानमा भएको सेमिफाइनल खेलमा गोदावरी- ३ क र गोदावरी-३ ख टिमको खेलमा गोदावरी खलाई  गोदावरी कले एक गोलविरुद्ध चार गोल गर्दै फाइनल यात्रा तय गरेको थियो ।

    सेफिफाइनलको दोस्राे खेलमा गोदावरी १४ ठैबले एक गोल गरेको थियो । चार गोलको मद्दतले गोदावरी-५ लेले कले गोदावरीसँग फाइनल खेल पक्का गरेको थियो । 

    मेयर कपको विजयी टिम लेलेलाई एक लाख रुपैयाँसँगै ट्रफी पाएकाे छ । उपविजेता गोदावरीले ५० हजारसँगै ट्रफीमा पाएको थियो  ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार