काठमाडौं । कानून व्यवसायीहरुको प्रदर्शनको बाबजुद प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा सर्वोच्च अदालतभित्र प्रवेश गरेका छन् ।
नेपाल बार एसोसिएसनका वकिलहरूले सर्वोच्चको गेटमा धर्ना दिँदै उनलाई प्रवेश गर्न नदिने नीति अख्तियार गरेपनि उनी एक नम्बर गेट प्रयोग गरेर सर्वोच्च अदालतभित्र प्रवेश गरेका हुन् ।
एक नम्बर गेटमा प्रहरीले कानून व्यवसायीहरुलाई धर्ना दिन रोक लगाएको छ । कानून व्यवसायीहरू अर्को मुख्य गेटमा धर्नामा बसेका छन् ।
मन्त्रिपरिषद् सदस्यको भागबण्डामा मुछिएपछि जबराको राजीनामा माग गर्दै नेपाल बारले कात्तिक १४ देखि हातमा कालोपट्टी बाँधेर विरोध प्रदर्शन गर्दै आएको छ । तर प्रधान्यायाधीश जबराले राजीनामा नदिने अडान राख्दै आएका छन् ।