रसुवा । नेपाली कांग्रेस रसुवाका २७ वटै वडामा आज आइतबार वडा अधिवेशन हुँदैछ । सदस्यता विवादलाई लिएर रोकिएको वडा अधिवेशन विवाद समाधान भएसँगै हुन लागेको हो ।
क्रियाशिल सदस्यता विवाद समाधान भएसँगै जिल्लाको २७ वटै वडामा अधिवेशन हुन लागेको कांग्रेस रसुवाका सभापति पेम्बा छिरिङ तामाङले बताए । २७ वटै वडामा सहमतिबाट नेतृत्व चयन गर्न निर्देशन दिइएको उनले बताए । ‘सबै वडामा सर्वसम्मतिबाट नेतृत्व चयन गर्न निर्देशन दिइसकेको छु,’ अहिलेसम्मको अवस्था अनुसार निर्वाचन हुने देखिएको छैन,’ उनले भने ।
वडा कार्यसमितिबाट सिफारिस भई गएका विगतदेखि नै क्रियाशील सदस्यको नामावली काटेर फर्म नै नभरेकालाई सदस्यता प्रदान गरेपछि विवाद भएको थियो । शुक्रबार जिल्ला कार्यसमितिको बैठक बसी काटिएका नामावली पुन समावेश गरिने भएसँगै विवाद समाधान भएको थियो ।
निर्वाचन अधिकृत सुमनकुमार केसीका अनुसार ३ हजार ८ सय ५७ जनाको नामावली यसअघि नै प्रकाशित भइसकेको छ । शुक्रबार जिल्ला कार्यसमितिको बैठकले ३१ जनाको नाम थप गरेको छ । नाम काटिएका भनिएका ८१ जनाको नामावली पनि केन्द्रिय निर्वाचन समितिबाट प्राप्त भएको छ ।
‘केन्द्रीय निर्वाचन समितिबाट जिल्ला कार्यसमितिको बैठकले थप गरेको ३१ जनाको र अर्को लिस्टमा ८१ जनाको आधिकारिक रुपमा नाम आएको छ, केसीले भने, थपिएका उहाँहरु अधिवेशनमा सहभागि हुन पाउने नपाउने भन्ने बारे छलफल गरिरहेको छु, केही समयमा थाहा हुन्छ ।’
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend