Nepal Face
  • बुधबार, ३ मंसिर २०८३
  • रौतहटमा कार दुर्घटना: चार जना भारतीय नागरिकको मृत्यु


    आइतबार, कार्तिक २८ २०७८
    995
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । रौतहटमा भारतीय नम्बर प्लेटको कार दुर्घटना भएको छ।  दुर्घटनामा परी चार जना भारतीयको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

    प्रहरीका अनुसार गौर–चन्द्रनिगाहपुरसँग जोडिएको सहायक राजमार्ग अन्तर्गत यमुनामाई गाउँपालिकाको झुन्खुन्वा चौक नजिक शनिबार राति १० बजेतिर यूके १२सी २९०० भारतीय नम्बरको कार दुर्घटना भएको हो।

    मृत्यु हुनेमा २० देखि २५ बर्षका चार भारतीय नागरिक रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

    मृतक चारैजनाको शव पोस्टमार्टमको लागि जिल्ला अस्पताल गौरमा राखिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रमुख, एसपी बिनोद घिमिरेले बताए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार