ललितपुर। ललितपुरमा नेकपा (एमाले)का १८ जना महाधिवेशन प्रतिनिधि छनाेट भएका छन् । उनीहरु १०-१२ मंसिरमा चितवनमा हुने महाधिवेशनमा सहभागी हुनेछन् ।
शनिबार भएको निर्वाचनमा ललितपुर-३ बाट बाबुकाजी प्रधान, राजेन्द्र श्रेष्ठ, अमृत खड्का, रघुनाथ महर्जन र महिला कोटाबाट कमला थापा निर्वाचित भएका छन् ।
ललितपुर- १ बाट संघीय सासंद नवराज सिलवाल, प्रदेश सांसद मधुसूदन पौडेल र चेतनाथ संजेल,महाँकाल गाउँपालिका अध्यक्ष रामचन्द्र दाहाल, एमाले ललितपुर सचिव पुरुषोतम आचार्य, महिलातर्फ तारा संजेल र अन्नपूर्ण बस्नेत सर्वसम्मत चयन भएकाे एमाले ललितपुरका सचिव पुरुषोत्तम आचार्यले बताए ।
आचार्यका अनुसार ललितपुर-२ बाट एमाले जिल्ला अध्यक्ष हरिकृष्ण ब्यन्जनकार,रामेश्रवर श्रेष्ठ,चिरञ्जीवी आचार्य,राम राउत र महिलातर्फ मन्जरी शाक्य चयन भएका छन् । जिल्लाबाट दलीत कोटामा दिनेश अछामी सर्वसम्मत भएका छन् ।
१०-१२ मंसिरमा हुने महाधिवेशनमा देशभरका ७७ जिल्ला र जनवर्गीय संगठनका पाँच प्रतिशत मनोनयन समेत गरी १ हजार ९ सय ९९ जना महाधिवेशन प्रतिनिधि सहभागी हुनेछन् ।
एमालेले गत ६ कात्तिकमा वडा र ९ कात्तिकमा पालिका अधिवेशन गरेकाे थियाे । जिल्ला र प्रदेशको नेतृत्व चयन भइसकेकाे छैन ।
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा छठ पर्व मनाउन सर्लाही जाने भएका छन् । उनी छठ पर्वमा गत निर्वाचनमा प्रतिस्पर्धा गरेको क्षेत्र सर्लाही–४ जाने...
ललितपुर। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशको मौलिक पहिचानसँग जोडिएको नेपाल संवत्ले देशमा आपसी एकता,सद्भाव र समृद्धिको भावना थप बलियो बनाउने विश्वास व्यक्त गरेका...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले हाम्रा मौलिक चाडपर्वहरूले रिसराग सबै भुलेर हामीबीचको सामाजिक एकता र सहिष्णुताको भावनालाई सधैँ बलियो बनाउन प्रेरित गर्ने बताएका छन्...
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले सरकारी स्टलहरूमा प्रतिबन्धित प्लास्टिकका झोला प्रयोग भएको पाइएको बताएका छन् । थापाथलीस्थित खाद्य संस्थान परिसरमा आयोजना गरिएको तिहार विशेष रैथाने...
काठमाडौँ। नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। सोमबार बिहान १०:५५ बजे बा.९९प.८२०२ नम्बरको मोटरसाइकल नुवाकोटको विदुर नगरपालिका–९, खड्कथोकमा दुर्घटना हुँदा तीन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend