Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमाले बैतडी : जनवर्गीय संगठनका अधिवेशन ३ पुसभित्र


    शनिबार, कार्तिक २७ २०७८
    660
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • बैतडी।नेकपा एमाले बैतडीको जिल्ला उपाध्यक्षमा रमिल बम चयन भएका छन् । रिक्त रहेको उपाध्यक्ष पदमा उनलाई २४ कात्तिकमा प्रदेश कमिटीको बैठकले चयन गरेपछि सुक्रबार सपथ ग्रहण गराइएको छ । 

    यसैगरी प्रदेश कमिटीको बैठकले जिल्ला उपसचिवमा सरस्वती नेपालीलाई मनाेनयन गरेपछि दुवैजनालाई सुक्रबार जिल्ला कमिटी अध्यक्ष सुरेन्द्र पालले सपथ ग्रहण गराएका हुन् ।                       एमाले बैतडीको पूूर्ण बैठकमा १२ कात्तिकमा सम्पन्न वडा कमिटीको अधिवेशन र १५ कात्तिकमा सम्पन्न पालिका कमिटीको अधिवेशनका विषयमा छलफल गरेको छ । पार्टीको वडा र पालिका कमिटीहरुलाई व्यवस्थीत बनाउने, पालिकास्तरीय जनवर्गीय संगठनलाई व्यवस्थित बनाउने विषयमा छलफल भएको पार्टी जिल्ला कमिटी सदस्य बलभद्र दयालले बताए । 

     बैठकले पार्टीको जनवर्गिय संगठनका जिल्ला अधिवेशनको मिति समेत तय गरेको छ । जस अनुसार युवा संघको जिल्ला अधिवेशन २० मंसिर, अनेरास्ववियुको २५ मंसिर, अखिल नेपाल महिला संघको २८ मंसिर, नेपाल उत्पीडित जातीय मुक्ति समाजको २ पुस र किसान महासंघको ३ पुसमा जिल्ला अधिवेशन गर्न मिति तय गरिएको पार्टीको जिल्ला  उपसचिव सरस्वती नेपालीले बताइन् । न्युज कारखाना

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार