Nepal Face
  • बुधबार, २६ कार्तिक २०८३
  • कांग्रेसले निर्वाचन अधिकृतमा शिक्षकहरू परिचालन गर्‍यो


    शुक्रबार, कार्तिक २६ २०७८
    840
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • महोत्तरी । नेपाली कांग्रेस महोत्तरीले भोलि शनिबार हुने अधिवेशनका लागि नेपाल शिक्षक संघमा आवद्ध शिक्षकहरूलाई निर्वाचन अधिकृतका रूपमा परिचालन गरेको छ ।
    जिल्लाका १३८ वटा वडाहरूमा एक-एक जना शिक्षकलाई परिचालन गरेको नेपाली कांग्रेस महोत्तरीले जनाएको छ ।

    १३८ मध्ये ८० प्रतिशत वडाहरूमा सर्वसम्मत चयन हुने र बाँकी २० प्रतिशतमा अझै विवाद रहेको नेपाली कांग्रेस महोत्तरीका सभापति महेन्द्रकुमार रायले जानकारी दिए ।

    विवाद रहेका २० प्रतिशत वडाहरूमा सर्वसम्मत प्रयास गर्ने यदि विवाद यथावत् रहेमा निर्वाचन गरेर भए पनि वडा अधिवेशन सम्पन्न गर्ने नेपाली कांग्रेसको तयारी छ ।

    क्रियाशील सदस्यहरूको विवाद समाधान भएपछि नेपाली कांग्रेसले १३ वटा जिल्लाहरूमा नयाँ अधिवेशनको कार्यातालिका सार्वजनिक गरेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार