चितवन । नेकपा (माले)ले पार्टीको ८औं राष्ट्रिय महाधिवेशन चितवनमा गर्ने भएको छ । चितवनमा १०औं राष्ट्रिय महाधिवेशन गर्नको लागि नेकपा (एमाले)ले तयारी गरिरहेका बेला मालेले पनि बिहीबार पत्रकार सम्मेलन गरी आफ्नो महाधिवेशन चितवनमा गर्ने निर्णय गरेको हो ।
महाधिवेशनमा देशभरबाट ३५० प्रतिनिधि सहभागी हुने महाधिवेशन मूल आयोजक समितिका संयोजक तथा पार्टी स्थायी समिति सदस्य दिननाथ घिमिरेले जानकारी दिए । २७–२९ कात्तिकमा हुने महाधिवेशनको लागि तयारी तीव्र पारिएको उनको भनाइ छ ।
मालेको महाधिवेशन नारायणगढस्थित नारायणी कला मन्दिरमा हुने उनले जानकारी दिए । महाधिवेशनबाट ७५ सदस्यीय केन्द्रीय कमिटी, ११ सदस्यीय स्थायी समिति, र २१ जना पोलिटब्यूरो सदस्य चयन हुने उनको भनाइ छ । त्यस्तै, २० वटा विभागको नेतृत्व पनि चयन हुनेछ ।
‘सबै कमिटी र समितिको नेतृत्व सर्वसम्मतिले गर्ने हाम्रो कोसिस हुनेछ’, उनले भने, ‘महाधिवेशनमा अबको नयाँ जनवाद, संगठनात्मक सिद्धान्त, कार्य नीतिमाथि छलफल हुन्छ । महाधिवेशनमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रतिवेदन, आर्थिक प्रतिवेदन र पार्टीको विधान संशोधन लगायतका दस्ताबेजमाथि पनि समूहगत छलफल गरिनेछ ।’
महाधिवेशनको उद्घाटन गर्नुअघि नारायणगढमा जुलुस निकालिने उनले बताए । प्रदेश संरचना र एमसीसी खारेज अभियानलाई थप सशक्त बनाउँदै स्थानीय तहलाई अधिकार सम्पन्न बनाउने कुरामा पार्टीका मुख्य ध्यान हुने उनको भनाइ छ । नेकपा माले ११ पुस २०३५ मा स्थापना भएको हो । २०५८ मा यसको पुनर्गठन गरिएको थियो ।
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा छठ पर्व मनाउन सर्लाही जाने भएका छन् । उनी छठ पर्वमा गत निर्वाचनमा प्रतिस्पर्धा गरेको क्षेत्र सर्लाही–४ जाने...
ललितपुर। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशको मौलिक पहिचानसँग जोडिएको नेपाल संवत्ले देशमा आपसी एकता,सद्भाव र समृद्धिको भावना थप बलियो बनाउने विश्वास व्यक्त गरेका...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले हाम्रा मौलिक चाडपर्वहरूले रिसराग सबै भुलेर हामीबीचको सामाजिक एकता र सहिष्णुताको भावनालाई सधैँ बलियो बनाउन प्रेरित गर्ने बताएका छन्...
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले सरकारी स्टलहरूमा प्रतिबन्धित प्लास्टिकका झोला प्रयोग भएको पाइएको बताएका छन् । थापाथलीस्थित खाद्य संस्थान परिसरमा आयोजना गरिएको तिहार विशेष रैथाने...
काठमाडौँ। नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। सोमबार बिहान १०:५५ बजे बा.९९प.८२०२ नम्बरको मोटरसाइकल नुवाकोटको विदुर नगरपालिका–९, खड्कथोकमा दुर्घटना हुँदा तीन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend