काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले न्यायपालिकाको गरिमा नै समाप्त पारेपछि सर्वोच्चका उनीबाहेकका सबै न्यायाधीशले इजलास बहिस्कार गरिरहेका छन् । सर्वोच्चका सबै न्यायाधीश र नेपाल बार एशोसिएसनले उनको राजीनामा माग गर्दा पनि उनी अझै टसको मस भएका छैनन् ।
न्यायपालिकाको नेतृत्वप्रति यतिबिधि अविश्वास कहिल्यै न्यायाधीशबाटै भएको थिएन । सबै न्यायाधीशले प्रधानन्यायाधीशको राजीनामा नै एकमात्र विकल्प भनिरहँदा उनी भने न्यायिक मूल्य मान्यताकै धज्जी उडाएर पदमा टाँसिइरहेका छन् ।
प्रधानन्यायाधीश राणामाथि हरेक मुद्दामा भाइलाई परिचालन गरी सेटिङका आधारमा फैसला गरेको आरोप छ । उनले भाइ प्रभुशमशेर राणालाई परिचालन गरी मुद्दामा चलखेल गरेको आरोप बरिष्ठ अधिवक्ता शम्भु थापाले नै लगाएका छन् । राणा न्यायाधीश नियुक्ति भएदेखि नै उनले हरेक मुद्दामा सेटिङका आधारमा आदेश दिने गरेको उनका फैसला अध्ययन गर्दा पनि प्रष्ट हुन्छ । तत्कालीन पुनरावेदन अदालत बिराटनगरदेखि विशेष अदालतमा हुँदा होस् कि सर्वोच्चको न्यायाधीश हुँदा तासलाई बुद्धिको खेल भन्ने, सबै भ्रष्टाचारलाई सफाइ दिने, बीरगंजको सार्वजनिक छपकैया पोखरी नातेदारको नाममा दर्ता गर्न आदेश दिने, क्यासिनोलाई अन्तरिम आदेशका भरमा संचालन गर्न दिनेदेखि एनसेलको पूँजीगत लाभकरमा दिएको उन्मुक्ति दृष्टान्त हुन् ।
प्रधानन्यायाधीश राणाले सर्वोच्च अदालतको नेतृत्व गरेपछि न्यायपालिकामा खुलमखुला घुस लेनदेनका आधारमा फैसला हुँदआएको छ । उनका भाइ प्रभुशमशेर राणा, दीपक तिमल्सिना र कालु गुरुङले मुख्य बिचौलियाका रुपमा मुद्दा सेटिङ गरी करोडमा होइन, अरबमा घुस संकलन गरिसकेका छन् । रन्जन कोइराला जस्ता श्रीमतीको जघन्य हत्या गरी सबका टुक्रा टुक्रा पारी जंगलमा फाल्ने अपराधीको १२ बर्ष कैद मिनाहा गर्दा ठूलो रकमको घुस कारोबार भएको घामजत्तिकै छर्लङ्ग छ । प्रधानन्यायाधीश राणाले कालु गुरुङमार्फत् सार्वजनिक जग्गा ब्यक्तिका नाममा मुद्दामा गरेका आदेशहरुको बारेमा पनि खोजीनीति हु्न थालेको छ ।
बरिष्ठ अधिवक्ता थापाले राणाले भाइ प्रभुमार्फत् मुद्दा सेटिङ गरी घुस असुली गरेका ‘कल रेकर्ड’ उपलब्ध गराउने पनि बताएका छन् । केही मुद्दामा सर्वोच्च अदालतमा दर्ता भएर प्रधानन्यायाधीश राणाले पेसी तोक्न थालेदेखि नै उनका भाइ प्रभु शमशेर राणाले ‘बार्गेनिङ’ सुरु गरेको थापाको भनाइ छ । थापाले प्रधानन्यायाधीशको नाममा अर्ब अर्बको बार्गेनिङ हुने गरेको र करोड घटीको कुरा नै नहुने गरेको थापाको भनाइ छ– प्रधानन्यायाधीशको इजलासमा पेशी तोकिएका हरेक मुद्दामा शंकामात्रै उत्पन्न हुने गरेको छ ।
प्रधानन्यायाधीश राणाले कात्तिक १४ गतेका लागि आफ्नो एकल इजलासमा तोकेको मुद्दामा उनका भाइ प्रभु शमशेरले ‘बार्गेनिङ’ गरेको आरोप थापाले लगाएका छन् । आफ्ना बिरुद्ध सबै न्यायाधीशहरुले इजलास बहिस्कार गरेर आन्दोलन गरी राजीनामा माग गरिरहँदा समेत प्रधानन्यायाधीश राणाले मुद्दामा मोलमोलाई गरेको आरोप थापाले लगाएका छन् । प्रधानन्यायाधीश राणाले कात्तिक १४ गतेका लागि आफूसहितका ८ वटा संयुक्त र ४ वटा एकल गरी १२ इजलास गठन गरेका थिए ।
राणाले आफ्नो एकल इजलासमा २ वटा मुद्दाको पेसी तोकेका थिए । उच्च अदालत पाटनविरुद्ध भेषराज लोहनीले दायर गरेको मुद्दालाई पनि राणाले आफ्नो इजलासमा तोकेका थिए । प्रधानन्यायाधीश राणाले लोहनीको मुद्दालाई हेर्दाहेर्दैमा राखेका थिए । लोहनीको मुद्दा हेर्दाहेर्दैमा राख्दासम्म राणका भाइ प्रभुशमशेरले मोलमोलाई गरेको प्रमाण आफूसँग रहेको थापाले खुलासा गरेका छन् । प्रधानन्यायाधीश राणाको कात्तिक १४ गतेको इजलासले हेर्दाहेर्दैमा राखेको उक्त मुद्दाको अर्को पेसी कात्तिक ३० गते रहेको छ ।
बरिष्ठ अधिवक्ता थापाले प्रधानन्यायाधीश राणाले अबैध बाटोबाट गुप्तरुपमा पैसा (मनी साइफनिङ) विदेश पुर्याएको र उनीमाथि राज्यले अनुसन्धान गर्नुपर्ने माग गरेका छन् । उनले भनेका छन्–‘नेपालका बिचौलियाले उठाएको पैसाले अमेरिकामा कसैले पीआर लिएर बसेको र कसैको नाममा ग्यास स्टेशन किनिएको छ’ थापाले भने, ‘कसैलाई होटल किनिदिएको र केही पैसा सोही बाटोबाट नेपाल ल्याइएको छ ।’
नेपालमा मुद्दा सेटिङबाट उठाएको रकमको ब्यवस्थापन भाटभटेनी सुपरमार्केटका संचालक मीनबहादुर गुरुङले गर्दैआएको समाचार नेपालफेसले सार्वजनिक गरिसकेको छ ।
भैरहवामा लिलाममा गएको कोर इन्स्टुमेन्ट एण्ड माउन्ड प्रालि भाइ प्रभु शमशेरको नाममा लिलाम सकारको कुरा पनि शम्भु थापाले उठाएका छन् । बानेश्वरमा रहेको आइपेक्स मलको निर्माणको बिषय पनि थापाले उठाएका छन् । चोलेन्द्रशमशेर पहिला धनाढ्य होइनन, सामान्य आर्थिक हैसियतका हुन्, हिंडेरै जाने र हिंडेरै आउने मानिस हुन्, थापाले भनेका छन् ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend